सडक विभागले रिजेक्ट गरेको ईट्टा प्रयोग गर्दै गजुरमुखि - Sainokhabar
  • शनिबार, फागुन १५, २०७७

सडक विभागले रिजेक्ट गरेको ईट्टा प्रयोग गर्दै गजुरमुखि

रबिन्द्र बराल / मोरङ र झापा जोडने सडकको निर्माणकार्य सन्चालन भए संगै ठुला कन्ट्रक्सनहरु ले भने रकम बचाउने उद्धेश्य अनुसार सडक बिभागका ईन्जिनियरहरु ले रिजेक्ट गरेका ईट्टा प्रयोग गर्दे आईरहेको पाईएको छ ।

मोरङको रतुवामाई नगरपालिका ५ स्थित परोपकार स्वर्गद्वारी घाट नजिकै गजुरमुखी जेभीले कल्भट बनाउने क्रममा सडक बिभाग ले रिजेक्ट गरेको ईट्टाले कल्भट बनाउदै गरेको फेला परेको हो । साता दिन अगाडि कमशल ईट्टा प्रयोग गरेको जानकारी पाएपछि हुलाकी सडकका सव ईन्जिनियर हरिनारायण मंण्डलले उक्त कल्भट निरिक्षण गर्ने क्रममा रिजेक्ट गरेको ईट्टा प्रयोग गरेको र निरिक्षण गरेपछि रिजेक्ट गरेको ईट्टा ले बनाएको बाल आफुले भत्काउन लगाएको र अब उपरान्त सो ईट्टा प्रयोग नगर्ने निर्देशन समेत गरिएको मंण्डल ले बताए ।

रिजेक्ट गरिएको ईट्टा किन प्रयोग गरिएको र के कति मात्रामा सो ईट्टा ल्याईएको भन्ने बिषयमा जानकारी लिन खोज्दा गजुरमुखी का दिपक गौतम ले झर्किदै आफुले सो ईट्टा नल्याएको भन्दै पन्छिन खोजेका छन । यसरी ठुला कम्पनी ले बर्षाे पछि बनाउन लागेको कल्भट र सडक समेत बलियो र टिकाउ कम हुने देखिन्छ । सो बिषयमा समयमै स्थानीय सरकार र जनप्रतिनिधि हरु ले समेत समयमै ध्यान दिन जरुरी रहेको देखिन्छ ।

उक्त कम्पनी ले रतुवामाई नगरपालिका देखि सुनवर्सि नगरपालिका को भित्र कोे सडक कालोपत्रे गर्ने ठेक्का गजुरमुखि मोतीदान जेभि बानेश्वरले पाएको छ । उक्त कम्पनी को दुई खण्डमा गरि सो सडक कालोपत्रे गर्न ७७ करोड ६७ लाख६५ हजार८ सय ४२ रुपैयाँ ठेक्का पाएको छ ।

सम्बन्धित खवर