आफुमाथी कुटपिट भएको भन्दै नायीका सुस्मा कार्कि पुगिन प्रहरीकोमा - Sainokhabar
  • बिहिबार, जेठ २७, २०७८

आफुमाथी कुटपिट भएको भन्दै नायीका सुस्मा कार्कि पुगिन प्रहरीकोमा

साइनो समाचारदाता
काठमाडौँ । आफूमाथि कुटपिट तथा गालीगलौज भएको भन्दै नायिका सुष्मा कार्की प्रहरी कार्यालयमा उजुरी दिएकी छन्। मंगलबार दिउँसो उनी काठमाडौंको महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा उजुरी दिन आएको प्रहरी नायब उपरीक्षक (डिएसपी) रामेश्वर पौडेलले बताए।

गएराति दरबारमार्गको लन्डन पब क्याफेमा झगडा भएको भन्दै उजुरी दिन आएको उनले बताए । ’पबमा झगडा भयो भनेर ठाडो निवेदन दिनुभएको छ। हामीले अनुसन्धान गरिरहेका छौं,’डिएसपी पौडेलले भने,’जाहेरी दिनुभएको होइन । हामीले दुबै पक्ष राखेर कुराकानी गराउँछौं।’ उनले स्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्वस रसाइलीविरूद्ध उजुरी दिएकी हुन् । उत्वस खड्काका अनुसार सोमबार राति सुरूमा नायिका कार्कीले नै खड्कामाथि दुर्व्यवहार गरेको बताए ।

’हामी रमाइलो गरिरहेका थियौं। तर उहाँले त्यँहा भएका कलाकारहरूलाई तथानाम गाली गर्नुभयो । मलाई पनि त कामी यस्तो गर्ने भन्दै जातीय हिसाबले गाली गर्नुभयो,’ रसाइलीले भने,’म हिजो पाहुँना भएर गएको थिएँ ममाथि दुर्व्यवहार भएपछि स्वेता जीहरूले मलाई प्रोटेक्ट गर्नुभो । त्यसरी दुर्व्यवहार गरेपछि आरती जीले एक झापड हान्नु भएको हो।’

सेतोपाटीबाट

सम्बन्धित खवर