पथरीको खानेपानी बिल अब खल्तीबाटै भुक्तानि गर्न मिल्ने - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

पथरीको खानेपानी बिल अब खल्तीबाटै भुक्तानि गर्न मिल्ने

साइनो समाचारदाता
पथरी । पथरीशनिश्चरेस्थित पथरी खानेपानीका ग्राहकले अब खल्तीबाटै विल भुक्तानि गर्न पाउने भएका छन् । खल्ती डिजीटल वालेट र पथरी खानेपानीविच खल्तीबाटै सो सुविधा ग्राहकलाई दिने सम्झौता भएको छ ।

करिव २ हजार उपभोक्ता रहेको पथरी खानेपानीका उपभोक्ताले लामो समयदेखि विल तिर्न कार्यालयनै जानुपर्ने झान्झट बेहोर्दै आएका थिए । सोहि समस्यालाई समाधान गर्न खल्तीले पथरी खानेपानीसँग सहकार्य गरेको खल्तीका प्रतिनिधि तुलसी लुनियाले बताए । खल्तीबाट विल तिर्नका लागि होमपेजबाट खानेपानी अप्सनमा गई पथरीमा छनौट गर्नुपर्ने हुन्छ । १० लाख बढि प्रयोगकर्ता रहेका खल्ती वालेटले प्रयोगकर्ता र व्यवसायीको सहजताका लागि अझै नयाँ नयाँ योजना ल्याउने लुनियाले जानकारी दिए ।

सम्बन्धित खवर