ओलीले अपराधी, भष्ट्रचरीलाई संरक्षण गर्दै राष्ट्रिपतीलाई गोटि बनाएको डा. कोइरालाको आरोप - Sainokhabar
  • आइतबार, बैशाख ०५, २०७८

ओलीले अपराधी, भष्ट्रचरीलाई संरक्षण गर्दै राष्ट्रिपतीलाई गोटि बनाएको डा. कोइरालाको आरोप

साइनो समाचारदाता
पथरी । नेपाली काङग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले यो सरकार अपराधीलाई संरक्षण गर्ने, भ्रष्टाचार गर्ने र राष्ट्रपती प्रधानमन्त्रिको गोटि बनेको संज्ञा दिनु भएको छ । नेपाली काङग्रेस मोरङ क्षेत्र नं. १ ख का सभापती इश्वरी प्रसाद कोइरालाको ६६ औं दिनको शोक सभामा बोल्दै ओली सरकार जनतालाई साइबर सेना लगाएर तर्साउने थालेको, भ्रष्टचारमा नं. १ भएको र अपराधीलाई संरक्षण गर्दै राष्ट्रपतीलाई प्रधानमन्त्रिले गोटि बनाएको बताउनु भएको छ ।

डा. कोइरालाले देशमा जुन घटना घट्यो यसमा नेपाल र दाहाल पनि उतिकै दोशी रहेको भन्दै काङग्रेसले संसद पुर्न स्थापनाको लागि आन्दोलन गरेको बताएका छन । कम्यूनिष्ट पाटीले हत्यारा सिवकुजन यादव, बबर सिंङ र कालिबहादुर खान जस्तालाई पाटि प्रबेश गर्दै संरक्षण गरेको र औषधी खरिद प्रकरण, ओम्नी जस्ता भष्ट्रचारमा मुछिएका नेतालाई चोख्याउन लागेको कोइरालाको भनाई छ । कोइरालाले संसद पुर्न स्थापना नभएर र बैसाख १७ मा चुनाव नभए देश फेरि एक पटक दन्द्धमा जाने भन्दै काङग्रेसको १४ औं अधिवेशन भदौ भित्रै हुने बताएका छन ।

सम्बन्धित खवर