१३ बर्ष देखि बिधुत बाट बन्चित मोरङको रतुवामाई, स्थानीय सरकार किन माैन ? - Sainokhabar
  • बिहिबार, असोज ०७, २०७८

१३ बर्ष देखि बिधुत बाट बन्चित मोरङको रतुवामाई, स्थानीय सरकार किन माैन ?

रबिन्द्र बराल । माेरङकाे रतुवामाई नगरपालिका ३ स्थित निर्चाडागी गाउँ मा वसाेवास गर्ने १ सय घर परिवार बिगत १३ बर्ष देखि बिधुत बाट बन्चित हुनु परेको छ । उनि हरु पुर्वमा दमुनाकाे सानाे खाेला पश्चिमा रतुवा खाेला उत्तरमा रतुवा खाेलाकाे सम्थल भाग र दक्षिण मा भारतीय सिमाना काे बिच भागमा पर्ने श्रिलंका काे टापु भनेर गाउँ प्रचलित छ । साेहि टापुमा बिधुत बिनै बस्न उनी हरु बाध्य रहेका छन । साे गाउँमा १३ बर्ष देखि रातिको समयमा अध्याराे मा बसिरहेका छन ।

रतुवा खाेलामा बर्षेउनि बाडिका कारण बिधुत काे पाेल खाेलाले बगाउने भएको कारण ले गर्दे उनी हरु ले बिधुत काे उपयोग गर्ने पाएका छैनन् । नेपाल सरकारले बिधुत पुर्याउन नसके पछि साे गाउँ मा बर्षाे देखि साेलर प्यन काे भरमा रात काट्न वाध्य रहेका छन । पछिल्लो समयमा सबै काे घरमा हातहातमा माेवाईल, टिभी र रेडियो भएता पनि साे गाउँमा भने कुनै सुचना काे साधन भने छैन । सबै काे हातमा अहिले माेवाईल मात्रै भएता पनि गाउँ का युवा , महिला तथा बृद्घ हरु माेवाईल मा चार्ज गर्नका लागि भारत तर्फ गएर माेवाईल चार्ज गर्ने बाध्य रहेकाे स्थानीय नागेश्वर प्रसाद सिंह ले बताए ।

साे गाउँमा साेलर जडान गरेता जाडो काे समयमा साेलर मा चार्ज नहुदा घरमा मट्टीतेल काे सहारामा कुप्पि र लाल्टिन काे सहयोगमा बसिरहेका छन । स साना बालबालिका हरु लाई पठन पाठन काे लागि समेत निकै समस्या परेकाे स्थानीय ले बताए । उक्त गाउँ बाट ३ किलोमिटर बरपर साँझ परेपछि झलमल उज्यालो देखिन्छ तर आफ्नो गाउँ मा अन्धाराै हुने गरेको र आकाश काे फल आँखा तरि मर भनेजस्तो भईरहेकाे स्थानीय नर बहादुर सिह ले बताए ।

साेे गाउँमा अहिले पनि ४० बटा बिधुत काे मिटर रहेका छन् । उनीहरुले बिधुत उपयोग गर्नेे नपाए पनि १३ बर्ष देखि बिधुत महसुल भने तिरिरहेकाे स्थानीय गुरुदेव सिह गनगाई ले बताए । गाउँमा बिधुत नहुदा धान कुटाउने मिल समेत बिग्रिएर सबै खिया समेत लागेकाे र धान, गहुँ पिसाउन भारत जानुपर्ने र भारतीय ssp हरु ले समेत दुख दिने गरेको स्थानीय दुर्गा कुमारी सिंह ले बताईन । साे गाउँमा बसाेवास गर्ने अधिकान्स मानिस हरु कृषि पेसा गरेता पनि खेत भने बलाैटाे माटाे भएका कारण उव्जनि गर्ने लाई सिचाइ काे लागि बिधुत नहुदा थप समस्यामा परेको स्थानीयले बताए ।

स्थानीय सरकार भए पनि ३ बर्ष बितिसक्दा समेत साे गाउँमा भने बिधुत काे समस्या भने ज्युकाे त्यु नै रहिरहेकाे छ । बिगत १५ बर्ष देखि साे क्षेत्र बाट साभासद बनेका नेपाली काङ्ग्रेस का स्वार्गय गिरिजाप्रसाद काेईराला , आमाेद प्रसाद उपाध्य, नेकपा एमालेका ऋिषिकेश पाेख्रेल र डाक्टर मेनेन्द्र रिजाल ले साे क्षेत्र मा बिजय हाँसिल गर्दा समेत साे गाउँमा बिधुत भने पुर्याउन सकेका छैन ।

बिगत ३ बर्ष अगाडि स्थानीय निकायकाे चुनाव बाट समेत नेपाली काङ्ग्रेस बाट बिजय भएका मेयर रबिन राई समेत हाल सम्म पनि साे गाउँ मा बिधुत पुग्न सकेको छैन । बर्षाे देखि चुनाव काे समयमा भाेट दिएर जिताउनु हाेस तपाई हरु लाई आबत बाजत काे लागि झुलुङ्गे पुल ,स्वास्थ्य का लागि हेल्पाेष्ट, शिक्षा का लागि बिधालय र बिधुत घरघरमा पुर्याउने बाचा गरेता पनि उनी हरु ले भने अहिलेसम्म कुनै पनि काम पूरा नगरेको स्थानीय नागेश्वर प्रसाद सिंह ले बताए ।

साे गाउँमा राति काे समयमा कसैलाई बिरामी परे वा सर्पले टाेक्याे वा कुनै गर्भवती महिला लाई सुत्केरी गराउनका लागि स्वास्थ्य चाैकी सम्म पुगाउनुु पर्ये धेरै समस्या रहेको र उपचारका लागि उनी हरु ले भारतीय भुमि हुदै झापाको गाैरीगंन्ज , दमक वा माेरङ काे र रंगेली सम्म पुर्येएर उपचार गर्नुपर्ने बाध्यता रहेको स्थानीय गुरुदेव सिंह ले बताए ।

नेपाल बिधुत प्राधिकरण रंगेली का प्रमुख अबधेश कुमार गुप्ता का अनुसार नगरपालिकाले जति चाडाे खाेला भित्र १० बटा हाेमपाईप सिमेन्ट ले जाम गरिदिए आफुले पाेल , तार दिएर १५ दिन भित्र साे गाउँमा २५ kb काे ट्रान्सर्फमर र बिधुत पुर्याई प्रतिवध्यता जनाएका छन । नगरपालिका र बडा अध्यक्ष बुलन्द सिंह ले भने एक महिना भित्र साे गाउँमा बिधुत पर्येउने समेत बताएका छन ।

सम्बन्धित खवर