टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिगमा २ लाख १५ हजार ८ सय ५० फाइदा - Sainokhabar
  • आइतबार, फागुन २३, २०७७

टेन्सवर्ग पथरी शनिश्चरे प्रिमियर लिगमा २ लाख १५ हजार ८ सय ५० फाइदा

साइनो समाचारदाता पथरी/

प्रथम टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७७ को हिसाब सार्वजनिक गरिएको छ । लिग सञ्चालनमा १४ लाख, ८८ हजार ६ सय ७५ रुपैयाँ खर्च भएको छ भने आयतर्फ १७ लाख ४ हजार ५ सय २५ रुपैयाँ संकलन भएको पथरी शनिश्चरे फुटबल प्रिमियर लिग कमिटीले जानकारी गरेको छ । खेल संचालनबाट २ लाख १५ हजार ८ सय ५० रुपैयाँ बचत रहेको आयोजक कमिटीका कोषाध्यक्ष श्रीहाङ राईले पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

प्रथम टेन्सवर्ग पथरी शनिश्चरे फुटबल प्रिमियर लिग २०७७ वैदेशिक रोजगारीमा रहेका ब्याक्ती, नगरपालीका र विज्ञावन दाता टेन्सवर्गको सहयोगमा सम्पन्न भएको भन्दै संयोजक संजिव गिरीले जानकारी दिनु भयो । गिरीले आगामी दिनमा प्रतियोगीता अझ परिस्कृत गर्दै आगामी संस्करण गर्ने बताउनु भयो ।
प्रतियोगितामा वैदेशिक रोजगारी दाताबाट ३ लाख ९३ हजार ५ सय, स्थानीय संघ संस्था तथा व्यक्तिहरुबाट २ लाख ६८ हजार ५ सय २५ रुपैयाँ, पथरी शनिश्चरे नगरपालिकाबाट रु ४ लाख, ९२ हजार ५ सय रुपैयाँ र मुख्य प्रायोजक तथा सह–प्रायोजकहरुबाट रु ५ लाख ५० हजार रुपैयाँ सहयोग प्राप्त भएको प्रतिबेदनमा उल्लेख छ ।

सम्बन्धित खवर