शरणार्थी च्यालेन्ज कप घाटामा - Sainokhabar
  • शनिबार, जेठ २९, २०७८

शरणार्थी च्यालेन्ज कप घाटामा

पथरीशनिश्चरे/ मोरङको पथरीशनिश्चरेमा माघ २ देखि १५ गते सम्म सञ्चालित पाँचौ अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता २०२१ आय –ब्यय सार्वजनिक गरिएको छ ।


पूर्वी नेपालको झापा र मोरङमा बस्दै आएका भूटानी शरणार्थीको संस्था यूथ फ्रेन्ड्ली सेन्टर (वाइएफसी) ले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी हिसाव सार्वजनिक गरेको हो । प्रतियोगिता सम्पन्न गर्न १४ लाख रुपियाँ खर्च भएको छ । पुरस्कारमा चार लाख, उद्घाटन र समापन समारोहमा तीन लाख, सञ्चार र प्रचार प्रसारमा एक लाख ५० हजार, मैदान मर्मत र टिमलाई यातायात खाजा खर्च ३ लाख, अतिथी सत्कार र मायाको चिनोमा एक लाख ५० हजार तथा खाजा , स्वयम सेवक र सुरक्षा ब्यवस्थापनमा एक लाख रुपियाँ गरी १४ लाख खर्च भएको आयोजक संस्थाका कोषाध्यक्ष नरेन्द्र राईले बताउनु भयो । प्रतियोगिताको मुख्य प्रायोजक सेक्टर आई फेमेलीले चार लाख २५ हजार ५ सय सहयोग गरेको थियो । यस्तै इन्ट्रा ग्रुपले एक लाख एक हजार, लिटिल स्टार फुटवल क्लवले ६९ हजार ७ सय १०, भुमेट अस्ट्रेलियाले ७० हजार, गिरि इन्टरटेन्डमेन्टले २५ हजार र हेम्स इन्टरटेन्डमेन्टले २० हजार रुपियाँ सहयोग गरेको थियो । अन्य दाताबाट छ लाख ८८ हजार ७ सय गरी कुल ११ लाख ९६ हजार ५ सय रुपियाँ सहयोग प्राप्त भएको पत्रकार सम्मेलनमा कोषाध्यक्ष राईले जानकारी दिनुभयो । नेपालमा शरणार्थी जीवन बिताइरहेका भूटानीहरू पुनर्वासमा अमेरिका,अष्ट्रेलिया, क्यानडा लगायतका देशमा गएपछि उनीहरूले नै आर्थिक सहयोग पठाएर फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
१४ वटा टोली सहभागी भएको पाँचौं संस्करणमा दुई लाख ७ हजार रुपियाँ घाटा भएको छ । सहयाेगीदाताबाट आउने रकम आउन बाँकी रहेकाे र सहयाेग रकम आए पिछ नाफा घाटा बराबर हुने पत्रकार सम्मेलनमा राईले जानकारी दिनु भयाे ।

सम्बन्धित खवर