मनकामना सहकारीको रक्तदान कार्यक्रम सम्पन्न, ४३ पिन्ट रगत संकलन - Sainokhabar
  • बिहिबार, असोज ०७, २०७८

मनकामना सहकारीको रक्तदान कार्यक्रम सम्पन्न, ४३ पिन्ट रगत संकलन

सरोज निरौला
पथरी । मोरङको पथरी शनिश्चरे नगरापलिका वडा नं – १ स्थित मनकामना बचत तथा ऋण सहकारी संस्थाले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । “रक्तदान जिवनदान” भन्ने मुल नाराका साथ संस्थाको २४ औँ बार्षिक उत्सवको अवसरमा आज रक्तदान कार्यक्र सम्पन्न गरिएको हो ।

नेपाल रेडक्रस सोसाईटि धरानको प्राविधिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । संस्थाको प्राङ्गणमा बिहान ९ बजे देखि दिउँसो १२ बजे सम्म रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । सहकारीेले सामाजिक उत्तरदायित्वको काम गर्दै आएको र रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले रक्तदान कार्यक्रम गरेको संस्थाका अध्यक्ष युवराज भट्टराईले जाकारी दिए । आयोजीत कार्यक्रममा ४३ पिन्ट रगत संकलन भएको थियो ।

सम्बन्धित खवर