सरकारले माग्यो ४७ हजार कर्मचारी - Sainokhabar
  • शुक्रबार, असोज ०१, २०७८

सरकारले माग्यो ४७ हजार कर्मचारी

साइनो समाचारदाता
काठमाडौँ । सरकारले करार सेवामा ४७ हजार जना कर्मचारीको माग गरेको छ । राष्ट्रिय जनगणना कार्यक्रम अन्तर्गत राष्ट्रिय जनगणना, २०७८ मा तथ्यांक संकलन तथा सुपरीवेक्षण गर्ने कार्यका लागि केन्द्रीय तथ्यांक विभागले सो संख्यामा कर्मचारी माग गरेको हो ।

विभागले बुधबार एक सुचना जारी गर्दै ६० दिनभित्र दरखास्त पेश गर्न अनुरोध गरेको छ । विभागका अनुसार सुपरीवेक्षक ८ हजार जना माग भएको छ भने गणक ३९ हजार माग गरिएको छ । आवेदन दिनेमध्येबाट निश्चित मापदण्डको आधारमा सर्टलिस्ट गरिने सूचनामा उल्लेख छ ।

सम्बन्धित खवर