५ औँ रिफ्युजी च्यालेन्ज कपकाे फाइनलमा सिरिजंघा र आयोजक भिड्ने - Sainokhabar
  • आइतबार, जेठ ३०, २०७८

५ औँ रिफ्युजी च्यालेन्ज कपकाे फाइनलमा सिरिजंघा र आयोजक भिड्ने

साइनो समाचारदाता
पथरी\ मोरङको पथरी शनिश्चरेमा जारी ५ औँ रिफ्युजी च्यालेन्ज कपमा सिरिजंघा एफ सी र वाई एफ सी आयोजक भिड्ने भएको छ । दुधेलाई ट्रइबेकरमा २ का विरुद्ध ४ गोल गर्दै सिरिजंघा एफ सी ले फाईनल यात्रा पक्का गरेको हो ।


ट्रइबेकरमा सिरिजंघा एफ सीका दिपेश धिमाल, सनम भुजेल, राजकुमार कन्दङवा र दिवश गिरीले गोल गरे भने दुधेका निकेश श्रेष्टको प्रहार सिरिजांघा एफ सी गोल किपर विशाल दर्लामीले बचाएका थिए । दुधेका लागि सुसिल मगर र प्रितम लिम्बुले गोल गरे भने संन्जिव बुढाथोकीको प्रहार बाहिरीएको थियो ।
मंगलबार भएको अन्तिम सेमीफाइनल खेलको ४ औं मिनेटमा योङबदर्शका सनम भुजेलले गोल गर्दै अग्रता लिए थिए भने ९ औं मिनेटमा दुधे एफ सीका बिशाल दर्जीले १ गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । पहिलो हाफमा १–१ बराबरीमा सकिएको खेलको दोस्रो हाफमा कुनै गोल हुन सकेन खेल ट्राईबेकरमा धकेलियोे ।
ट्राईबेकरमा दुधेलाई २ का विरुद्ध ४ गोल गर्दै सिरिजंघा एफ सीले फाईनलमा वाई एफ सी आयोजक संगको भेट तय गरेको छ । खेलको म्यान अफ दि म्याच सिरिजंघा एफ सीका पहिलो गोल कर्ता सनम भुजेल घोषित हुदै नगद २५ सय रुपैया र मेडल प्राप्त गरे । १५ गते बिहिबार हुने फाईन खेल आयोजक वाई एफ सी र सिरिजंघा एफ सी पथरी बिच हुने छ ।


प्रतियोगीताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलि ५१ हजार रुपैयाँ पुरस्कारमा सिमित रहने छ । मोरङको पथरी शनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविरका सक्रिय युवाहरुको समूह यूथ फ्रेन्ड्ली सेन्टरको मुख्य आयोजनामा प्रतियोगीता संचालन भइरहेको छ । प्रतियोगीता संचालनका लागि सेक्टर आई परिवारको मुख्य सहयोग रहेको छ ।

सम्बन्धित खवर