सिठी जुलुसबाट सुरु भयो दाहाल–नेपाल समूहको तेस्रो चरणको आन्दोलन - Sainokhabar
  • आइतबार, जेठ ३०, २०७८

सिठी जुलुसबाट सुरु भयो दाहाल–नेपाल समूहको तेस्रो चरणको आन्दोलन

साइनो समाचारदाता
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले मंगलबार सिठी जुलुस निकाल्दै तेस्रो चरणको आन्दोलन सुरु गरेको छ । संसद विघटनविरुद्ध सोमबार घोषणा गरिएको तेस्रो चरणको आन्दोलन अन्तर्गत उक्त समूहले मंगलबार सिठी जुलुस निकालेको हो ।

लैनचौरबाट निस्किएको जुलुस असन, इन्द्रचोक हुँदै बसन्तपुर पुगेर सकिएको छ । यो समूहले माघ २८ मा फेरि अर्को जनप्रदर्शन गर्ने घोषणा गरेको छ । यसअघि माघ ९ मा पनि यो समूहको राजधानीमा जनप्रदर्शन भएको थियो । तेस्रो चरणको आन्दोलन अन्तर्गत राजधानी बाहिरका बुटवल, विराटनगर र धनगढीमा पनि प्रदर्शन आयोजना गरिएको छ । राजधानी उपत्यकाभित्र सांसदहरुको धर्ना, माघ १६ को शहीद दिवसमा श्रद्धाञ्जली सभा पनि राखिएको छ ।

सम्बन्धित खवर