किपर विशालको २ गोल सेप संगै योङबदर्श सिरिजंघा सेमिफाइन प्रबेश - Sainokhabar
  • बिहिबार, असोज ०७, २०७८

किपर विशालको २ गोल सेप संगै योङबदर्श सिरिजंघा सेमिफाइन प्रबेश

साइनो समाचारदाता
पथरी\ मोरङको पथरी शनिश्चरेमा जारी ५ औँ रिफ्युजी च्यालेन्ज कपमा योङबदर्श सिरिजंघा विजयी भएको छ । ट्रइबेकरमा योङबदर्श सिरिजंघाका गोल किपर विशाल दर्लामीले २ गोल सेप संगै योङबदर्श सेमिफाइनका प्रबेश गरेको हो ।


सोमबार भएको अन्तिम क्वाटरफाइनल खेलको सुरुवातमै योङबदर्शले अग्रता लिएको थियो । खेलको ७ औं मिनेटमा योङ बदर्श सिरिजंघाका सनम धिमालले गोल गर्दै अग्रता लिए थिए । पहिलो हाफको ७ औं मिनेटमा गोल गरेको योङबदर्शको लातमेल नमिल्दा खेलको १६ औं मिनेट र २९ औं मिनेटमा गोल खान पुग्यो । बेलबारीका सुसन लामाले खेलको १६ औं मिनेटमा र कासीम राईले २९ औं मिनेटमा १÷१ गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाए । पहिलो हाफमा २–१ को अग्रता लिएको बेलबारीले दोस्रोहाफमा एक गोल खान पुग्यो । योङ बदर्श सिरिजंघाका खेलाडी रोहन कार्कीले खेलको ५४ औं मिनेट गोल गर्दै खेल बराबरीमा पुर्याए । निधारीत समय २÷२ को बराबरीमा सकिए पछि खेलको निर्णनय ट्राईबेकरमा पुगेको थियो ।


ट्राईबेकरमा बेलबारीका बिक्रम धिमाल, मौसम लिम्बु र बिबेक पौडेलले गोल गरे पनि सुसन लामा र कासीम राईको गोल योङ बदर्श सिरिजंघाका गोल रक्षक विशाल दर्लामीले बचाउदै खेल आफ्नो कब्जामी लिन सफल भए । योङ बदर्श सिरिजंघाबाट सनम भुजेल, राजकुमार कन्दङवा, दिवश गिरी र सन्तोष न्यौपानेले गोल गर्न सफल भए भने दिपेश घिमालको बल बेलबारीका गोल रक्षक किशोर गिरिले बचाएका थिए ।
खेलको म्यान अफ दि म्याच योङ बदर्श सिरिजंघाका २ गोल रक्षक विशाल दर्लामी घोषित हुदै नगद २५ सय रुपैया र मेडल प्राप्त गरे । भोलीको खेल अन्तिम सेमिफाईनल खेल दुधे एफ सि र योङ बदर्श सिरिजंघा इलाम बिच हुने छ ।


प्रतियोगीताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलि ५१ हजार रुपैयाँ पुरस्कारमा सिमित रहने छ । मोरङको पथरी शनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविरका सक्रिय युवाहरुको समूह यूथ फ्रेन्ड्ली सेन्टरको मुख्य आयोजनामा प्रतियोगीता संचालन भइरहेको छ । प्रतियोगीता संचालनका लागि सेक्टर आई परिवारको मुख्य सहयोग रहेको छ ।

सम्बन्धित खवर