ओलीको कदमबिरुद्ध बालुवाटारमा प्रदर्शन, २६ जना पक्राउ - Sainokhabar
  • आइतबार, जेठ ३०, २०७८

ओलीको कदमबिरुद्ध बालुवाटारमा प्रदर्शन, २६ जना पक्राउ

साइनो समाचारदाता
काठमाडौँ । ओलीको कदमबिरुद्ध प्रदर्शन गर्ने २६ जनालाई प्रहरिले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मानव अधिकारकर्मी कृष्ण पहाडीसहित अन्य रहेका छन् । सोमबार बालुवाटारमा प्रधानमन्त्री केपी ओलीका गलत कदमविरुद्ध प्रदर्शन गर्न पुगेका पहाडी लगायतलाई नियन्त्रणमा लिएको हो ।

मानवअधिकार तथा शान्ति समाजले केपी अ‍ोली सरकारद्वारा अदालतलाई प्रभाव पार्न गरेको दुस्प्रयासविरुद्ध,राज्यसंयन्त्रको दुरुपयोगविरुद्ध,प्रधानमन्त्री र मन्त्रीहरुको आपत्तिजनक अभिव्यक्ति र किर्तेतन्त्रविरुद्ध प्रदर्शन गरेको हो ।

सम्बन्धित खवर