नेतृत्व विकाससँगै महिला आयआर्जनसँग जोडिनुपर्दछ – उपसभामुख शर्मा - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

नेतृत्व विकाससँगै महिला आयआर्जनसँग जोडिनुपर्दछ – उपसभामुख शर्मा

रासस / गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले महिलाहरू संवैधानिक अधिकारको उपयोग गर्दै आयआर्जनतर्पm जोडिनुपर्ने बताउनुभएको छ । कास्कीको माछापुच्छ«े गाउँपालिकास्तरीय जनप्रतिनिधि महिला तथा सञ्जालका पदाधिकारीका बीच भएको अन्तक्र्रिया कार्यक्रममा उहाँले महिलाले नेतृत्व विकास गर्दै उत्पादनसँग जोडिनुपर्ने आवश्यकता आँैल्याउनुभयो ।

महिलाको सहभागिता बिना ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियान पूरा नहुने भन्दै उहाँले त्यसका लागि महिलाको सहभागिता अपरिहार्य रहने विश्वास व्यक्त गर्नुभयो । संविधानले हरेक तहमा महिलाको ३३ प्रतिशत सुनिश्चितता गरेकाले महिला नेतृत्वमा उल्लेखनीय विकास भएको जानकारी गराउँदै आगामी स्थानीय तहको निर्वाचनमा महिला नेतृत्व लिन तयार भएको उहाँको भनाइ छ ।

गण्डकी प्रदेशसभाका सदस्य डा पुष्पा केसी भण्डारीले तालीमबाट प्राप्त ज्ञानले धारणा बनाउँदै दुई हातले सीप प्रस्तुत गर्नसके मात्र महिला सशक्तीकरणमा जोड पुग्ने विश्वास व्यक्त गर्नुभयो । समाजका विपन्न तथा असहायको पहिचानमा स्थानीय तहका जनप्रतिनिधिको महत्वपूर्ण भूमिका रहने बताउँदै उहाँले त्यस्ता वर्गको उत्थानका लागि आर्थिक उपार्जनमा जोड पुग्ने खालका कार्यक्रम सञ्चालन गरिनुपर्ने आवश्यकता औँल्याउनुभयो । गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले महिला हक अधिकारको सुनिश्चितताका लागि जनप्रतिनिधि महिला र सञ्जालबीचको समन्वय आवश्यक रहने बताउनुभयो ।

उपाध्यक्षसँग महिला बालबालिका कार्यक्रमका संयोजक तथा गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी दवाडी र मुस्ताङ जिल्ला घरपझोङ गाउँपालिकाका उपाध्यक्ष शर्मिला गुरुङले राज्यले व्यवस्था गरेको महिला तथा बालबालिका लक्षित बजेट कार्यान्वयमा जनप्रतिनिधि एवं सञ्जालका पदाधिकारी सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।कार्यपालिका सदस्य हीरादेवी सुनार, महिला तथा बालबालिका कार्यक्रम संयोजक गीता थापा तथा विभिन्न वडाका वडाध्यक्षले कार्यक्रमको महत्व र आवश्यकतामाथि प्रकाश पार्नुभएको सो कार्यक्रममा गाउँपालिका महिला जनप्रतिनिधि, सञ्चालनका पदाधिकारी, सम्बन्धित शाखाका कर्मचारीसहित ५० जनाको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर