टेन नवोदयलाई हराउँदै आयोजक वाई एफ सी फाइन प्रबेश - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

टेन नवोदयलाई हराउँदै आयोजक वाई एफ सी फाइन प्रबेश

साइनो समाचारदातार

पथरी/ मोरङको पथरी शनिश्चरेमा जारी ५ औँ रिफ्युजी च्यालेन्ज कपमा टेन नवोदय फुट्बल क्लव पथरीलाई हराउदै आयोजक वाई एफ सी फाइन प्रबेश गरेको छ ।
वाई एफ सी का लागि खेलको ७४ औं मनिेट र ७९ औं मिनेटमा नितनि थापाले गोल गर्दै फाइन यात्रा तयगरेका हुन । दोस्रो हाफमा प्रबेश गरेका नितिनले टिमका लागि २ निर्णनमायक गोल गरे ।

कर्ण लिम्बु, दिपक राई, विजय धीमाल, रुपेश केसी, विष्णु सुनुवार लगायत ३ जना नाइजेरियन खेलाडी सहित मैदान उत्रिएको टेन नवोदयले पाएको पाएको सुनौलो मैका गोलमा परिणत गर्न नसक्दा हार बेहोर्नु पर्यो । योगेश गुरुङ, विक्रम लिम्बु, निशान लिम्बु, उमेश राई लगायतका राष्ट्रिय खेल र ए डिभिजन लिग खेलि सकेका खेलाडीले भरि भराउ वाई एफ सी र टेन नवोदय विचको पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएको थियो ।

खेलको म्यान अफ दि म्याच आयोजक वाई एफ सीका नितिन थापा घोषित हुदै नगद २५ सय रुपैया र मेडल प्राप्त गरे । भोलीको खेल आयोजक बेलबारी फुटवल क्लव बेलबारी र योङ बदर्श सिरिजंघा इलाम बिच हुने छ ।

प्रतियोगीताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलि ५१ हजार रुपैयाँ पुरस्कारमा सिमित रहने छ । मोरङको पथरी शनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविरका सक्रिय युवाहरुको समूह यूथ फ्रेन्ड्ली सेन्टरको मुख्य आयोजनामा प्रतियोगीता संचालन भइरहेको छ । प्रतियोगीता संचालनका लागि सेक्टर आई परिवारको मुख्य सहयोग रहेको छ ।

सम्बन्धित खवर