वैवाहिक बन्धनमा बाँधिए मुख्यमन्त्री राई - Sainokhabar
  • शुक्रबार, फागुन २१, २०७७

वैवाहिक बन्धनमा बाँधिए मुख्यमन्त्री राई

साइनो समाचारदाता
काठमाडौँ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाँधिएका छन् । मुख्यमन्त्री राई मोडल ज्याङ्मु शेर्पासँग आइतबारबाट बैवाहिक बन्धनमा बाँधिएक हुन् । राजधानीमा राई र शेर्पा दुबैको परम्पराअनुसार वैवाहिक कार्यक्रम सम्पन्न भएको मुख्य मुख्यमन्त्री राईका प्रेस संयोजक ध्रुव सुवेदीले जानकारी दिए ।

वैवाहिक कार्यक्रममा दुबैतर्फका निकटस्थको सहभागिता रहेको थियो । ४९ वर्षीय राईले आफू भन्दा निकै कम उमेर भएकी शेर्पासँग बिहे गरेका हुन् । २० वर्षीया शेर्पा २०१८ की ‘मिस मंगोल नेपाल’ हुन् भने दुई केही समययता प्रेम सम्बन्ध रहेको बताइएको छ । राईले विहेको अवसरमा विराटनगरमा भोज दिने बताइएको छ ।

सम्बन्धित खवर