सडन डेथमा बिराटनगरलाई हराउँदै डिएफसी दुधे सेमिफाइन प्रबेश - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

सडन डेथमा बिराटनगरलाई हराउँदै डिएफसी दुधे सेमिफाइन प्रबेश

साइनो समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरेमा जारी ५ औँ रिफ्युजी च्यालेन्ज कपमा बिराटनगर फुट्बल क्लवलाई सडन डेथ हराउदै दुधे फुट्बल क्लव सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा १–१ गोलको बराबरी भए पछि खेलको निर्णय ट्राइब्रेकरमा पुगेको थियो । ट्राइब्रेकरमा पनि बरबरी भएपछि सडन डेथ मार्फत दुधेले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ । दुवै टिमले पहिलो हाफमा गोल रहित बराबरी खेले ।


खेलको ४३ औँ मिनेटमा बिराटनगरका आशिस चौधरीको प्रहारले गोलमा परिणत भएको थियो । चौधरीको ३० याड टाडाबाट गरेको उत्कृष्ट प्रहार गोलमा परिणत हुँदा बिराटनगरले गोलको खाता खोलेको थियो । १ गोलको अग्रता कायम राख्न नसक्दा बिराटनगर दुधेलाई नतिजा सुम्पन बाध्य भयो । खेलको ६६ औँ मिनेटमा दुधेका सनम राईले गोल गदै खेल बराबरीमा पुर्याए । राईले कर्नर प्रहार गरेको बल किपरबाट रिटर्न हुदा उत्कृष्ट प्रहार गर्दै जाली चुमाएका थिए ।

त्यस पछि खेलमा कुनै गोल हुन सकेन खेल ट्राइब्रेकर हुदै सडन डेथमा पुग्यो । सडन डेथमा बिराटनरका अशोक खवासको प्रहार दुधेका गोल रक्षक सन्दिप लिम्बुले बचाए । गोल रक्षक लिम्बुले सडन डेथमा गोल गर्दै जित आफ्नो कब्जामा बनाए । खेलको म्यान अफ दि म्याच दुधेलाई खेलमा फर्काएका सनम राई घोषित हुदै नगद २५ सय रुपैया र मेडल प्राप्त गरे । भोलीको खेल आयोजक ए टिम र टेन नवोदय बिच हुने छ ।

प्रतियोगीताको बिजेताले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेता टोलि ५१ हजार रुपैयाँ पुरस्कारमा सिमित रहने छ । मोरङको पथरी शनिश्चरेमा अवस्थित भूटानी शरणार्थी शिविरका सक्रिय युवाहरुको समूह यूथ फ्रेन्ड्ली सेन्टरको मुख्य आयोजनामा प्रतियोगीता संचालन भइरहेको छ । प्रतियोगीता संचालनका लागि सेक्टर आई परिवारको मुख्य सहयोग रहेको छ ।

सम्बन्धित खवर