प्रथम मंगलबारे शुक्रबारे कपको उपाधी लालभितिलाई - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

प्रथम मंगलबारे शुक्रबारे कपको उपाधी लालभितिलाई

साइनो समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरे वडा नं ८ मा जारी मंगलबारे शुक्रबारे खुल्ला नकआउट फुटवल प्रतियोगिताको उपाधी लालभिति फुटवल क्लव बेलवारीले जितेको छ । शनिवार भएको निकै प्रतिस्पर्धात्मक फाइनल खेलमा लालभित्तिका लागि एमोस मगरको २ गोल उपाधिका लागि निर्णायक गोल बन्यो ।

 

पहिलो हाफ गोलरहित अवस्थामा टुङगिए पनि लालभित्तीका लागि एमोस मगरले खेलको ५५ औँ मिनेट र ६१ औँ मिनेटमा २ गोल गर्दै अग्रता लिएका थिए । खेलको ६३ औँ मिनेटमा आयोजक मंगलवारे शुक्रबारे फुटवल क्लवका लागि सौरभ कार्किले गोल गरेपनि उपविजेतामा सिमित हुनुपर्यो ।

प्रतियोगितामा लालभितिका तर्फवाट खेलको म्यनन अफ द म्याच एमोस मगर , हाई स्कोर र फर्वड आदर्श लिम्बू, बेष्ट डिफेन्स आविश्कार क्षेत्रि घोषित भए भने आयोजकका तर्फवाट राईजिङ प्लेयर सौरव राउत प्लेयर अफ टुनामेन्ड तिर्थ बस्नेत, मिड फिल्डर साईमन लिम्बु बेष्ट गोल किपर दिपहाङ लिम्बू घोषित भएका छन् ।

प्रतियोगिताको विजेता बन्दै लालभित्ति फुटवल क्लवले नगद ५१ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बनेको आयोजक मंगलवारे शुक्रबारे फुटवल क्लवले नगद २५ हजारमा चित्त बुझाउनुपर्यो । विजेता र उपविजेता टोलीलाई पथरीशनिश्चरे वडा नं ८ का वडाध्यक्ष बाबुराम दाहालले पुरस्कार हस्तान्तरण गरेका थिए । पथरी शनिश्चरे नगरपालिका वार्ड नं. ८ को सहयोगमा भएको प्रतियोगिता स्थानीय समाल डाँडा खेलमैदानमा भएको थियो । प्रतियोगिताका लागि वार्ड नं. ८ का जनप्रतिनिधीहरुले दोस्रो पुरस्कार सौजन्य गरेका थिए ।

सम्बन्धित खवर