मोरङको पथरीशनिश्चरेमा प्रतिनिधि सभा विघटनको बचाउमा ओली पक्षा, राष्ट्रिय युवा संघको छुट्टाछुट्टै कार्यक्रम (भिडियाे सहित) - Sainokhabar
  • आइतबार, जेठ ३०, २०७८

मोरङको पथरीशनिश्चरेमा प्रतिनिधि सभा विघटनको बचाउमा ओली पक्षा, राष्ट्रिय युवा संघको छुट्टाछुट्टै कार्यक्रम (भिडियाे सहित)

प्रतिनिधि सभा विघटनको बचाउ गर्दै नेकपा ओली समूहका नेता एवं संस्कृति तथा पर्यटन मन्त्री भानुभक्त ढकालले पार्टीभित्रैबाट सरकारलाई अप्ठ्यारो पारेकाले प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा जाने निर्णय लिएको बताएका छन् । मोरङ पथरीशनिश्चरेमा आयोजित कार्यक्रममा मन्त्री ढकालले नेकपा दाहाल–नेपाल पक्षप्रति लक्षित गर्दै आफ्नै सरकार भत्काउन खोज्नेहरु सदाका लागि समाप्त भएर जाने चेतावनी दिए ।

कार्यक्रममा राष्ट्रिय युवा संघ केन्द्रीय अध्यक्ष रमेश पौडेल र राष्ट्रिय युवा संघ पुर्व केन्द्रिय उपाध्यक्ष पर्शुराम बस्नेतले प्रधानमन्त्री ओलीको कदमको बचाउ गर्दै दाहाल–नेपाल पक्षका नेताहरुको कडा आलोचना गरेका थिए ।

यता नेपाल–दाहाल पक्षधरका युवाहरुले आयोजना गरेको बनभोज कार्यक्रममा संबिधान सभा सदस्य चन्डि प्रसाद राई, पुर्व संसद लालबहादुर सुस्लीम मगर, प्रदेश संसद कुशल साम्बा, महेश रेग्नी र दिननाथ तिम्सीना लगायतका नेताको उपस्थिति रहेको थियो । प्रदेश संसद कुसल साम्बा र महेश रेग्मीले भने ओली सरकारको एक्लो असंबैधानीक कदम र घमण्ड पनका लागि पाटि सति जानु हुदैन । सहमती र सहकार्यमा भएको निर्णयहरु पिवरीत लागेका कारण हामी सडक संघर्षमा रहेको बताए ।

सम्बन्धित खवर