थापाचोक मङलबारे लाई हराउदै आयोजक फाइनलमा - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

थापाचोक मङलबारे लाई हराउदै आयोजक फाइनलमा

पथरी । मोरङको पथरीशनिश्चरे वडा नं ८ मा जारी मंगलबारे शुक्रबारे खुल्ला नकआउट फुटवल प्रतियोगिताको बिहिबार भएको दोश्रो सेमिफाइनल खेलमा मङलबारे शुक्रबारे फुटबल क्लब विजयी भएको छ । ट्राइबेकरमा थापाचोक मङलबारेलाइ २का बिरुद्ध ५ गोल गर्दै फाइनलमा प्रवेश गरेको हो ।

खेलको २ मिनेटमै आयोजकका क्याप्टेन जर्सी नम्बर ११ का सौरज राउतले पहिलो गोल गर्दै टिमलाइ अग्रता दिलाएका पहिलो हाफमा कुनै पनि गोल गर्न नसकेको थापाचोकले खेलको दोश्रो हाफमा प्रबेस गरेका जर्सी नम्बर १४ का बिदुर रिजालले गोल गर्दै खेललाइ बरबरी गरेका थिए निकै आक्रमक रुपमा खेले पनि दुबै टिमले थप गोल गर्न नसक्दा खेल १/१ गोलको बराबरिमा सकिएको थियो त्यस्पछी भएको ट्राइबेकरमा थापाचोक मङलबरे क्लबका जर्सी नम्बर ६ का निरज बस्नेत र जर्सी नम्बर १२ का सुनिल खड्का को प्रहारलाई मङलबारे शुक्रबारे क्लबका गोलरक्षक दिप हाङ लिम्बुले उत्कृष्ट बचाउ गरेका थिए भने जर्सी नम्बर ९ का सन्जय धिमाल ले गोल गर्न सफल भएका थिए यता आयोज टिमका लागि जर्सी नम्बर २ साइमन लिम्बू ,जर्सी नम्बर ११ सौरज राउत ,जर्सी नम्बर १२ का तिर्थराज बस्नेत र जर्सी नम्बर ४ का महेन्द्र कार्किले गोल गर्न सफल भएका थिए आजको म्यन अफ द म्याच आयोजक टिमका समीर याख्खा घोसित हुँदै रु १००० प्राप्त गरे आजको म्यान अफ द म्याचको सौजन्य कमल कृषि फामका सन्चालक कमल भन्डारिले गरेका थिए ।

१० गते हुने फाइनलमा लालभित्ती फुटबल क्लब बेलबारी र आयोज मङलबारे शुक्रबारे फुटबल क्लब बिच हुने छ लालभित्ती फुटबल क्लबले सेमिफाइनलमा धरानलाई हराउदै फाइनलमा प्रबेस गरेको हो । प्रतियोगिताको विजेताले नगद ५१ हजार मेडल र ट्रफि हात पार्नेछ भने उपविजेताले नगद २५ हजार, मेडल र ट्रफी हात पार्नेछ ।

सम्बन्धित खवर