रासस / खानी तथा भूगर्भ विभागअन्तर्गत रहेको भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा कार्यरत भूकम्पविद् मुकुन्द भट्टराईलाई विद्यावारिधिको उपाधि प्रदान गरिएको छ ।

विसं २०३१ मा अर्घाखाँचीको सुवर्णखाल गाविस–६ मन्द्रेमा जन्मनुभएका भट्टराईले श्री ज्योति माध्यामिक विद्यालय ठाडा अर्घाखाँचीबाट एसएलसी, त्रिभुवन बहुमुखी क्याम्पस पाल्पाबाट आइएस्सी र बिएस्सी तथा त्रिभुवन विश्वविद्यालय कीर्तिपुरबाट एमएस्सी उत्तीर्ण गर्नुभएको थियो । उहाँले इन्टरनेशनल इन्स्टिच्युट अफ सिस्मोलोजी एण्ड अर्थक्वेक इञ्जिनीयरिङ जापानबाट पोष्ट ग्र्याजुएट र नेशनल ग्र्याजुएट इन्स्टिच्युट फर पोलिसी स्टडिज टोकियोमा मास्टर अफ डिजास्टर म्यानेजमेन्ट अध्ययन गर्नुभएको थियो ।