रोगले थला परेपछि बेसहारा बनेका राईको उपचार डा.शर्माले निशुल्क गर्ने - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

रोगले थला परेपछि बेसहारा बनेका राईको उपचार डा.शर्माले निशुल्क गर्ने

प्रेमप्रसाद भट्टराई(के.डि)
पथरी ।
पथरीशनिश्चरे वडा नं १० पशुपतिनगरका विश्णुबहादुर राई रिक्सा चलाएर जिविकोपार्जन गर्दै आएका थिए । तर ७/८ वर्षअघिदेखि उनलाई पेट सुन्निे रोगले च्याप्दै आयो । सुरुमा सामान्य विमार सम्झँदै आएका राइलाई अन्य लक्षणले समेत पिरल्दै लग्यो र उनी थला परेर बसे ।

रिक्सा चलाएर गुजारा चलाउँदै आएका उनि नै थला परेपछि आँखाको समेत समस्या भोग्दै आएकी उनकी विरामी श्रीमतिको पनि विचल्ली भयो । खाना पकाउनसमेत नसक्ने अवस्था आएपछि छिमेकीहरुले पालो गरेर खाना बनाइदिने, खुवाउने गर्ने गरेका थिए । बुधवार उनिहरुको घरमा पुगेर नेपाली काङग्रेस मोरङ क्षेत्र नं ३ का क्षेत्रीय सभापति गणेश खड्काले उपचारका लागि सहयोग गर्न नेपाली काङग्रेसबाटै गत प्रतिनिधिसभाको चुनावमा उम्मेद्धार समेत रहेका डा. सुनिल शर्मासँग सहयोग मागे । आफ्नो निर्वाचन क्षेत्रमा गरिविका कारण उपचार नपाएर कोही मर्नुनपर्ने बताउँदै आएका डा. शर्माले ति विरामीलाई तुरुन्त पठाउन आग्रह गर्दै उपचारको मात्र नभएर कुरुवाको समेत खाना नास्ता सबै बेहोर्ने जिम्मा लिए ।

क्षेत्रीय सभापति खड्कासँगै नेपाली काङग्रेस नेता तथा पथरी उद्योग बाणिज्य संघका पूर्वअध्यक्ष धनकुमार तामाङ, माधव कोइराला, राजेन्द्र वस्नेत लगायतको टीली एम्बुलेन्स लिएरै विरामीको घरमा पुगेका थिए । उनिहरुले कुरुवासमेत खोजेर विरामीसँगै पठाएका छन् । विरामीको घरको दयनिय अवस्था देखेपछि उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तामाङले रासनलगायतको बन्दोबस्तमा सहयोग गर्ने बचन दिएका छन् ।  एक्बुलेन्समा चढ्दैगर्दा आफु असक्त रहेर विचल्लीमा परेका बेला सहयोग गर्ने डा. शर्मालाई भगवानको संज्ञा दिँदै उनी भावुक बनेका थिए । घरमा खानका लागि केही नदेखेपछि व्यवसायी माधव कोइराला, धनकुमार तामाङ, र बस्नेतले केही रकम उनकी जहानलाई खर्चसमेत दिएर बिदा भएका थिए ।

सम्बन्धित खवर