धरानलाई हराउँदै लालभित्ति फुटवल क्लव फाइनल प्रवेश - Sainokhabar
  • शुक्रबार, बैशाख २४, २०७८

धरानलाई हराउँदै लालभित्ति फुटवल क्लव फाइनल प्रवेश

हिमालदिप शंकर
पथरी / मोरङको पथरीशनिश्चरे वडा नं ८ मा जारी मंगलबारे शुक्रबारे खुल्ला नकआउट फुटवल प्रतियोगिताको बुधवारको पहिलो सेमिफाइनल खेलमा लालभित्ति फुटवल क्लव विजयी भएको छ । आदर्श लिम्बुको ह्याट्रीकसँगै लालभित्ति फुटवल क्लव फाइनल प्रवेश गरेको हो ।

नेपाल पुलिस क्लवका भरपर्दा खेलाडि जुमानु राई सहित मैदानमा उत्रिएको फेयर फुटवल क्लव धरानलाई २ का बिरुद्ध ३ गोलले हराउँदै लालभित्ति फाइनल प्रवेश गरेको हो । लालभित्तिको जितका लागि आदर्श लिम्बुले खेलको २३ औँ, ४७ औ र ६० औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । धरानका लागि साजन राईले खेलको ५७ औँ मिनेट र ६८ औँ मिनेटमा सुसन लामिछानेले गोल गरे पनि खेलमा फर्कन सकेन ।

खेलको मेन अफ द म्याच ह्याट्रीककर्ता लालभित्तिका आदर्श लिम्बु घोषित हुँदै नगद १ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा म्यान अफ द म्याचको पुरस्कार युवा समाजसेवी कमल भण्डारीले सौजन्य गरेका थिए । म्यान अफ द म्याचको पुरस्कार खेलका प्रमुख अतिथि नेपाल तरुण दल नगर सभापति सन्तोष कट्वालले हस्तान्तरण गरेका थिए ।

भोलिको दोश्रो सेमिफाइनल खेल थापाचोक मंगलवारे फुटवल क्लव र आयोजक मंगलबारे शुक्रबारे फुटवल क्लवबिच हुनेछ । थापाचोक मंगलबारे तालतलैया फुटवल क्लवलाई हराउँदै सेमीफाइनल प्रवेश गरेको हो भने आयोजक स्कुलचौन झापालाई हराउँदै सेमीफाइनल प्रवेश गरेको हो । प्रतियोगिताको विजेताले नगद ५१ हजार मेडल र ट्रफि हात पार्नेछ भने उपविजेताले नगद २५ हजार, मेडल र ट्रफी हात पार्नेछ ।

सम्बन्धित खवर