५ औ रिफ्युजी कपमा लेटाङलाई हराउदै आयोजक वाइ एफ सि दोस्रो चरणमा - Sainokhabar
  • शुक्रबार, फागुन २१, २०७७

५ औ रिफ्युजी कपमा लेटाङलाई हराउदै आयोजक वाइ एफ सि दोस्रो चरणमा

प्रेमप्रसाद भट्टराई(के.डी)
पथरी / मोरङको पथरीशश्चरेमा जारी ५ औ अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कप २०७७ को बुधबारको खेलमा लेटाङलाई हराउदै आयोजक वाइ एफ सि पथरी दोस्रो चरण प्रबेश गरेको छ । खेलको १६ औं मिनेटमा उमेश राई र ६६ औं मिनेटमा नितिन थापाले आयोजकको लागि १/१ गोल गरेका थिए ।


खेल अवधिभर निकै राम्रा अवसर प्राप्त गरेको लेटाङले स्कोर भने गर्न सकेन । ए डिभिजन खेलाडीले भरिभराउ रहेको दुबै टोली उत्कृष्ट खेल पस्के पनि लेटाङले गोल गर्न नसक्दा पहिलो चरणबाटै बाहिरीनु परेको छ ।
खेलको म्यान अफ द म्याच आयोजक वाइ एफ सि पथरीका उमेश राई घोषित हुदै नगद २५ सय प्रप्त गरे । राईलाई हिमालयन शेपा क्लवका प्रशिक्षक संजिव बुढाथोकीले नगद तथा ट्रफीले सम्मान गरेका छन । भोलिको खेल योङ बदर्श एफ सि र वाइ एफ सि पथरी वि बिचमा हुने छ ।


प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजार रुपैयाँमा प्राप्त गर्ने छन । भुटानी शरणर्थी शिविरका युवाहरुको यूथ फ्रेन्ड्ली सेन्टरको आयोजनामा संचालीत प्रतियोगितामा १४ टिम सहभागी छन । भूटानी शरणार्थी शिविरको रङगसालामा जारी प्रतियोगीतामा तेस्रो मुलुक पुर्नवासमा रहेको सेक्टर आई परिवार अमेरीकाले मुख्य प्रायोजन गरेको छ भने इन्टरनेशनल वेलफेयर एण्ड सर्पोट अमेरीका, गौतम इरी इन्स्योरेन्स्, इन्टरनेशनल होम केयर, अमेरीकेयर हेल्थ सर्भिस यूएसए र सिएमसि फ्यान्स क्लबको सहयोग रहेको छ ।

सम्बन्धित खवर