५ औ अन्तर्राष्ट्रिय रिफ्युजी कपमा धरानलाई हराउदै बेलबारी दोस्रो चरणमा - Sainokhabar
  • शुक्रबार, बैशाख ३१, २०७८

५ औ अन्तर्राष्ट्रिय रिफ्युजी कपमा धरानलाई हराउदै बेलबारी दोस्रो चरणमा

प्रेमप्रसाद भट्टराई(के.डी)
पथरी / मोरङको पथरीशश्चरेमा जारी ५ औ अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कप २०७७ को मंगलबारको खेलमा एफ एफ सी धरानलाई हराउदै बेलबारी एफ सि दोस्रो चरण प्रबेश गरेको छ । नेपाल पुलीस क्लवका स्ट्राइकर तथा राष्ट्रिय खेलाडी जुमानु राई सहित मैदान उत्रेको धरानलाई सडनडेथमा हराउदै बेलबारी दोस्रो चरण प्रबेश गरेको हो ।

निधारीत समयमा दुबै टोलीले पाएको राम्रा राम्रा अवसहरु सदुपयोग गर्न नसक्दा गोल रहित बराबर खेल्नु परेको थियो । ट्राइबेकरमा २–२ गोलको बराबरी भए पछि खेलको निर्णय सडनडेथ धकेलीएको थियो । सडनडेथमा बेलबारीका राजकुमार राईको गोल संगै खेल ४–३ गोल अन्तरले बेलबारी एफ सीले आफ्नो कब्जामा लिएको हो । ट्राइबेकरमा बेलबारीका लागि कप्तान राजकुमार राई, बिबेक पौडेल, अन्जान राई, विल्सन गिरीले गोल गरे भने कासिम राईको बल आउट भएको थियो । त्यस्तै धरानका लागि निमोन लिम्बु, निपु तामाङ र साजन राईले गोल गरे भने अनिल धामी र सुसन लामिछानको प्रहार बाहिरिएको थियो । धरानका दिवश राईको प्रहार भने बेलबारीका गोल रक्षक अभिशेक बरालले बचाएका थिए । खेलको म्यान अफ द म्याच गोल किपर अभिशेक बराल घोषित हुदै नगद २५ सय प्रप्त गरे । बराललाई पथरी स्पोटीङ क्लवका अध्यक्ष धनकुमार तामाङले नगद तथा ट्रफीले सम्मान गरेका छन । भोलिको खेल लेटाङ फुटवल क्लव र वाइ एफ सि पथरी ए बिचमा हुने छ ।

प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजार रुपैयाँमा प्राप्त गर्ने छन । भुटानी शरणर्थी शिविरका युवाहरुको यूथ फ्रेन्ड्ली सेन्टरको आयोजनामा संचालीत प्रतियोगितामा १४ टिम सहभागी छन । भूटानी शरणार्थी शिविरको रङगसालामा जारी प्रतियोगीतामा तेस्रो मुलुक पुर्नवासमा रहेको सेक्टर आई परिवार अमेरीकाले मुख्य प्रायोजन गरेको छ भने इन्टरनेशनल वेलफेयर एण्ड सर्पोट अमेरीका, गौतम इरी इन्स्योरेन्स्, इन्टरनेशनल होम केयर, अमेरीकेयर हेल्थ सर्भिस यूएसए र सिएमसि फ्यान्स क्लबको सहयोग रहेको छ ।

सम्बन्धित खवर