मंगलबारे शुक्रबारे फुटवल प्रतियोगितामा झापालाई हराउदै आयोजक विजयी - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

मंगलबारे शुक्रबारे फुटवल प्रतियोगितामा झापालाई हराउदै आयोजक विजयी

हिमाल दिप शंखर
पथरी\ मोरङको पथरीशनिश्चरे वडा नं ८ मा जारी मंगलबारे शुक्रबारे खुल्ला नकआउट फुटवल प्रतियोगिताको मंगलबार भएको खेलमा आयोजक मंगलबारे शुक्रबारे फुटबल क्लब बिजयी भएको छ । स्कुल चौहान फुटवल क्लव झापालाई ट्राइबेकरमा २ का विरुद्ध ४ गोल गर्दै आयोजक दोस्रो चरण प्रबेश गरेको हो ।
 
खेलको र्निधारीत समयमा दुवै टिमले उत्कृष्ट खेल प्रदर्शन गरे पनि कुनै गोल गर्न सकेन्न । दुवै टिमले राम्रा गोल गर्ने अवसरलाई सदुपयोग गर्न नसक्दा स्कुल चौहान फुटवल क्लव झापा समुह चरणबाटै बाहिरीएको छ । खेलको निर्धारित समय गोल रहित बराबरीमा सकिए पछि थप समयमा समेत गोल हुन सकेन । ट्राइबेकरमा मंगलबारे शुक्रबारे फुटबल क्लबका साइमन लिम्बु, सेनेहाङ लिम्बु, सौराज राउत र समिर याख्खाले गोल गरेका थिए भने तिर्थ बस्नेतको प्रहार भने बाहिरीएको थियो । यता स्कुल चौहान फुटवल क्लव झापाका लागि गोकुल राज र दिनेस ंलिम्बुले गोल गरे भने आदर्श बिस्ट र रोसन धिमाल गर्नबाट चुकेका थिए । आजको खेलको मेन अफ द म्याच बिजेता टोलि आयोजकका गोलरक्षक दिप हाङ लिम्बु घोषित हुँदै नगद २ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा म्यान अफ द म्याचको पुरस्कार युवा समाजसेवी राज आङदेम लिम्बुले सौजन्य गरेका छन । भोलिको पहिलो सेमिफाइनल खेल फेयर फुटबल क्लब धरान र लालभित्ति फुटबल क्लब बिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेताले नगद ५१ हजार मेडल र ट्रफि हात पार्नेछ भने उपविजेताले नगद २५ हजार, मेडल र ट्रफी हात पार्नेछ ।

सम्बन्धित खवर