सामुदायीक प्रहरी साझेदारीको ब्यानरमा नयाँ संगै थोत्रा लुगा वितरण (तस्विर सहित) - Sainokhabar
  • शुक्रबार, फागुन २१, २०७७

सामुदायीक प्रहरी साझेदारीको ब्यानरमा नयाँ संगै थोत्रा लुगा वितरण (तस्विर सहित)

रबिन्द्र बराल / र‌गेली
मोरङ धनपालथान गाउपालिका ३ स्थित बेतौना र रंगेली नगरपालिका २ मेडि टोलका अति बिपन्न दलित, जेष्ठ नागरिक तथा अपाङ्ग र सुत्केरी महिलाहरुलाई कम्वल बितरण गरिएको छ । प्रदेश नम्बर एकमा स्थापना भएको प्रदेश प्रहरी कार्यालय श्रीमती सघंले एक कार्यक्रमको आयोजना गरि उक्त गाउँमा रहेका अतिविपन्न १ सय घर परिवारलाई नयाँ कम्लव बितरण गरेका छन ।

श्रीमती संघले गरिव र अतिविपन्न परिवारलाई पुरानो सट, प्यान्ट, सुईटर र घरमा बालबालिकाले प्रयोग गरेको कट्टु गन्जि समेत पुरानै बितरण गरेको पाईएको छ । बालबालिकाहरुलाई दिएको कुनै लुगा समेत बालबालिकालाई नहुने खाल्को बितरण गरेका थिए । उनीहरुले बेतौनामा रहेका गरिव परिवारलाई कम्वल नयाँ बितरण गरेता पनि उनीहरुले ल्याएको पाँच झोला पुरानो लुगा समेत बितरण गरेका थिए ।

गरिव परिवारलाई पुरानो र च्यात्तिएको र सबै लुगा शरीर भन्दा ठुलो बितरण गरेर गरिव तथा विपन्न परिवारको अपमान गरेको स्थानीयको गुनासो छ । यसरी प्रहरी संगठनको ब्यानरमा मुनी गरिवको अपमान गर्दै आफ्नो छवी उच्च बनाउन खोज्ने यस्ता कार्यको स्थानीयले निन्दा गरेका छन । सो कार्यक्रममा श्रीमती संघकी अध्यक्ष श्रीजना थापा कार्कीका साथ संघ पदाधीकारीहरु मुना राज भण्डारी, मौसम देवकोटा, भावना अधिकारी, मुना रेग्मी, सुमन खरेल, श्रीजना रायमाझी र संगिता गिरी, वडाध्यक्ष लगायतले कम्वल तथा पुरानो लुगाहरु बितरण गरेका थिए ।

 

सम्बन्धित खवर