मंगलबारे शुक्रबारे फुटवल प्रतियोगितामा कानेपाेखरीलाई हराउदै लालभित्ति बिजयी - Sainokhabar
  • आइतबार, जेठ ३०, २०७८

मंगलबारे शुक्रबारे फुटवल प्रतियोगितामा कानेपाेखरीलाई हराउदै लालभित्ति बिजयी

हिमाल दिप शंकर
पथरी/  मोरङको पथरीशनिश्चरे वडा नं ८ मा जारी मंगलबारे शुक्रबारे खुल्ला नकआउट फुटवल प्रतियोगिताको २०७७ को सोमबार भएको खेलमा लालभिति फुटवल क्लब बेलबारी बिजयी भएको छ । हिमाल फुटवल क्लब कानेपोखरीलाई १ का विरुद्ध २ गोल गर्दै लालभित्ति दोस्रो चरण प्रबेश गरेको हो ।


पहिलो हाफको १६ औँ मिनेटमा लालभिक्तिका एनोस मगरले गोलको खाता खोल्दै अग्रता लिएका थिए । निकै आक्रमक खेलमा हिमाल फुटबल क्लबका तारामान घिसिङले खेलको ३० औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
बराबरी केहि मिनेट रहन नपाउँदै खेलको ३२ औँ मिनेटमा लालभिक्तका बिवेक पौडेलले टिमका लागि दोस्रो निर्णयक गोल गरे ।
खेलको बाँकि समयमा गोल फर्काउन नस्कदा हिमाल फुटबल क्लबले हार व्यहोर्न पुग्यो । खेलको म्यान अफ द म्याच लालभित्ती फुटबल क्लब बेलबारीका जर्सि नम्बर १० का आर्दर्श लिम्बु घोषित हुँदै नगद १ हजार प्राप्त गरे । प्रतियोगितामा म्यान अफ द म्याचको पुरस्कार दानबहादुर राईले सौजन्य गरेका छन ।
भोलीको खेल आयोजक मंगलबारे शुक्रबारे फुटबल क्लब पथरी शनिश्चरे ८ र स्कुल चौहान फुटवल क्लव झापा बिच हुनेछ । फुटवलको माध्यमबाट आफ्नो स्थान र खेलाडी उत्पादन गर्ने उदेश्यका साथ संचालीत प्रतियोगिताको विजेताले नगद ५१ हजार मेडल र ट्रफि हात पार्नेछ भने उपविजेताले नगद २५ हजार, मेडल र ट्रफी हात पार्नेछ ।

सम्बन्धित खवर