५ औ अन्तर्राष्ट्रिय रिफ्युजी कपमा भुटानलाई हराउदै धरान दोस्रो चरण प्रबेश - Sainokhabar
  • बिहिबार, बैशाख २३, २०७८

५ औ अन्तर्राष्ट्रिय रिफ्युजी कपमा भुटानलाई हराउदै धरान दोस्रो चरण प्रबेश

प्रेमप्रसाद भट्टराई(के.डी)
पथरी / मोरङको पथरीशश्चरेमा जारी ५ औ अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कप २०७७ को सोमवारको खेलमा वि आर सी भुटानलाई हराउदै धरान एफ सि विजयी भएको छ । राष्ट्रिय खेलाडी प्रकाश बुढाथोकीको कप्लानीमा मैदान प्रबेस गरेको धरान फुटवल क्लवले वि आर सी भुटानलाई १ का विरुद्ध ३ गोल गर्दै विजयी भएको हो ।

धरानले खेलको ३ मिनेट पाएको फ्रि किकलाई सदुपयोग गर्दै कप्तान प्रकाश बुढाथोकीले गोल गरे । त्यसको लगतै ७ मिनेटमा आमोस लिम्बू गोल गर्दै धरानलाई २–० अग्रता दिलाए । एक पछि अर्को आक्रमक खेल खेलेको धरानले खेलको ५७ मिनेटमा पेन्लटी मार्फत गोल गर्दा पाहुना टोली वि आर सी भुटान घर र्फकन बाध्य भयो । पेन्लटीमा कप्तान बुढाथोकीले गोल गर्दै ब्याक्तीगत २ गोल बनाए ।
बि आर सिका तर्फबाट खेलको २७ औ मिनेटमा अजय राजबंशी गोल गरे पनि खेलमा फर्कन सकेन । निर्धारीत समय सम्म दवाव बेहोरेको वि आर सी भुटान १–३ गोल अन्तरले पाखा लगाउदै धरान दोस्रो चरण प्रबेश गरेको छ ।

खेलको म्यान अफ द म्यच धरान एफ सिका कप्तान प्रकाश बुढाथोकी घोषित हुँदै नगद २५ सय प्राप्त गरे । भोलिको खेल बेलबारी फुटवल क्लव र एफ एफ सि बिचमा हुने छ ।
प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजार रुपैयाँमा प्राप्त गर्ने छन । भुटानी शरणर्थी शिविरका युवाहरुको यूथ फ्रेन्ड्ली सेन्टरको आयोजनामा संचालीत प्रतियोगितामा १४ टिम सहभागी छन । भूटानी शरणार्थी शिविरको रङगसालामा जारी प्रतियोगीतामा तेस्रो मुलुक पुर्नवासमा रहेको सेक्टर आई परिवार अमेरीकाले मुख्य प्रायोजन गरेको छ भने इन्टरनेशनल वेलफेयर एण्ड सर्पोट अमेरीका, गौतम इरी इन्स्योरेन्स्, इन्टरनेशनल होम केयर, अमेरीकेयर हेल्थ सर्भिस यूएसए र सिएमसि फ्यान्स क्लबको सहयोग रहेको छ ।

सम्बन्धित खवर