५ औ अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कपमा विराटनगर फुटवल क्लवको विजयी सुरुवात - Sainokhabar
  • आइतबार, बैशाख २६, २०७८

५ औ अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कपमा विराटनगर फुटवल क्लवको विजयी सुरुवात

प्रेमप्रसाद भट्टराई(के.डी)/ पथरी
मोरङको पथरीशश्चरेमा जारी ५ औ अन्तर्राष्ट्रिय रिफ्युजी च्यालेन्ज कपको आईतवारको खेलमा विराटनगर फुटवल क्लवले विजयी सुरुवात गरेको । वि वाई सी बेलडागीलाई १ का विरुद्ध २ गोल गर्दै विराटनगर दोस्रो चरण प्रबेश गरेको हो ।

खेलको ३३ औ मिनेट विराटनगरका आशिश चौधरीले गोल गर्दै खाता खोलेका थिए । विराटनगरका लागि दोस्रो गोल खेलको ५२ मिनेटमा सुनिल खड्काले गोल गर्दै अग्रता दोवर बनाए । वि वाई सी बेलडागीका लागि खेलको ७० औं मिनेटमा एकमात्र सान्तवना गोल विक्रम राईले गरेका थिए ।
आईतवारको खेलको म्यान अफ दि म्याच विराटनगर फुटवल क्लव विराटनगरका अशोक खवास घोषित हुँदै नगर २ हजार ५ सय रुपैया हात पारे । भोलिको खेल धरान फुटवल क्लव र वि आर सि भुटान बिचमा हुने छ ।


प्रतियोगिताको बिजेताले नगद १ लाख १ हजार र उपविजेताले नगद ५१ हजार रुपैयाँमा प्राप्त गर्ने छन । भुटानी शरणर्थी शिविरका युवाहरुको यूथ फ्रेन्ड्ली सेन्टरको आयोजनामा संचालीत प्रतियोगितामा १४ टिम सहभागी छन । भूटानी शरणार्थी शिविरको रङगसालामा जारी प्रतियोगीतामा तेस्रो मुलुक पुर्नवासमा रहेको सेक्टर आई परिवार अमेरीकाले मुख्य प्रायोजन गरेको छ भने इन्टरनेशनल वेलफेयर एण्ड सर्पोट अमेरीका, गौतम इरी इन्स्योरेन्स्, इन्टरनेशनल होम केयर, अमेरीकेयर हेल्थ सर्भिस यूएसए र सिएमसि फ्यान्स क्लबको सहयोग रहेको छ ।

सम्बन्धित खवर