संबिधान च्यातिएकोले जनतालाई सुसुचित गराउन काङ्ग्रेस आन्दोलनमा-जिल्ला सचिव सन्तोष सुब्बा - Sainokhabar
  • आइतबार, जेठ ३०, २०७८

संबिधान च्यातिएकोले जनतालाई सुसुचित गराउन काङ्ग्रेस आन्दोलनमा-जिल्ला सचिव सन्तोष सुब्बा

तेह्रथुम । कम्युनिष्ट सरकारबाट संबिधान च्यात्ने काम भएपछि नेपाली जनतालाई सुसुचित गराउन नेपाली कांग्रेसले आन्दोलन गरेको नेपाली कांग्रेस तेह्रथुमका सचिव सन्तोष सुब्बाले बताए । छथरको सुक्रबारे बजारमा नेकपा सरकारले गरेको असम्बैधानिक सरकारको बिरुद्ध गरेको बिरोध सभालाई सम्बोधन गर्दै सुब्बाले यस्तो बताएका हुन ।

जनताले दिएको दुईतिहाईको सरकार तीन बर्ष बितेको समयमा नेकपाले गरेको कामको मुल्याङ्कन नेपाली जनताले गर्ने उनको बताए । गरीब नेपाली नागरिकका लागी नेकपाले बाँडेको सपना दिवा सपना भएको छर्लङ्ग भएको सुब्बाले बताए । नेकपाको सरकार अधीनायकबाद,भ्रष्टचारमा लिप्त रहेको बताए । नेपालको संबिधानले स्वतन्त्र रुपमा अधिकार दिएको र संबिधानको रक्षाका लागी सचेत नागरिक सरकारको कदमको बिरोधमा सडकमा उर्लिनु पर्ने अबस्था आएको सुब्बाले बताए । नेपाली कांग्रेसकाे सरकारद्वारा जारी संबिधानलाई कुल्चदै संसद बिगठन गर्ने सरकारको बिरद्धमा आन्दोलनमा रहेको पुर्ब जिल्ला उपसभापती गुरुप्रसाद भट्टराईले बताए । दुईटा क्याप्टेनले चलाएको सरकार दुर्घटना भएको नेपाली कांग्रेसका महाअधीबेशन प्रतिनिधी तथा छथर ईन्चार्ज टेकराज तिगेलाले सभालाई सम्बोधन गर्दै बताए । दुई तिहाईको सरकार फुटदा नेपाली कांग्रेसलाई हर्ष हुनु भन्दा पनी देश नै संकटमा पुगेकोले सडकमा आन्दोलन गर्नु पर्ने अबस्था सिर्जना भएको तिगेलाले बताए ।

सभामा नेपाल किसान संघ तेह्रथुमका अध्यक्ष नारायण सुब्बा,नेपाल बिद्यार्थी संघ तेह्रथुम सचिव हेमराज कटुवाल युबराज कार्की लगायतले धारणा राखेको नेपाली कांग्रेस छथर कार्यसमिती सचिव डम्बर भट्टराईले बताए । छथर गाउँपालिकाको केन्द्र सुक्रबारे बजारमा आयोजित बिरोध सभामा छथर गाउँपालिकाको ६ वटै वडाका ३ सय कार्यकताहरुको सहभागी रहेको थियो । पार्टी कार्यालयबाट निस्केको —यार्ली बिच बजार हुँदै आहालडाँडा पुगेर पुन बजारको बिच हुँदै प्राङगणमा पुगेर कोण सभामा गरीएको थियो । सभा छथर कार्यसमिती सभापती रामचन्द्र भट्टराईको अध्यतामा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर