कांग्रेसले माघ ३ गते गाउँ नगरमा प्रदर्शन गर्ने, पथरीमा युवा नेता प्रदीप पौडेल आउँदै - Sainokhabar
  • मङ्गलबार, फागुन १८, २०७७

कांग्रेसले माघ ३ गते गाउँ नगरमा प्रदर्शन गर्ने, पथरीमा युवा नेता प्रदीप पौडेल आउँदै

साइनो समाचारदाता
पथरी । संसद विघटनविरुद्ध नेपाली कांग्रेसले यही माघ ३ गते देशभरका गाउँ तथा नगरमा प्रदर्शन गर्ने भएको छ । ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्धमा कांग्रेसले प्रदर्शन गर्न लागेको हो । ’जुटौं संसद विघटनको असंवैधानिक कदमका विरुद्धमा उठौं लोकतान्त्रिक संविधान रक्षाका पक्षमा ’नारा लिएर गाउँ नगरमा प्रदर्शन गर्ने कांग्रेसले जनाएको छ ।

यसैबिच पथरीशनिश्चरेमा हुने कार्यक्रमलाई सम्बोधन गर्न केन्द्रीय नेता प्रदीप पौडेल आउने भएका छन् । शनिबार १२ बजे हुने कार्यक्रममा नेता पौडेलले सम्बोधन गर्ने बताइएको छ । यसअघि पनि कांग्रेसले देशभरका १६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गरेको थियो ।

सम्बन्धित खवर