लागूऔषधसहित एकजना पक्राउ - Sainokhabar
  • आइतबार, माघ ११, २०७७

लागूऔषधसहित एकजना पक्राउ

साइनो समाचारदाता
काठमाडौं । काठमाडौंको नागढुंगाबाट लागूऔषधसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका २३ वर्षीय उमेश गहतराज रहेका छन् । बिहीबार सर्लाहीबाट काठमाडौं आउँदै गरेको ना ७ ख २७९० नम्बरको बस चेकजाँच गर्ने चन्द्रागिरि नगरपालिका २ नागढुंगास्थित चेक प्वाइन्टमा उनी पक्राउ परेका हुन् ।

उनको साथबाट लागूऔषध ६४ एम्पुल डाइजेपाम, ६७ एम्पुल फेनारगन, ६४ एम्पुल नुरफिन र ४० ट्याब्लेट नाइट्राजेपाम बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी प्रमेश विष्टले जानकारी दिए । पक्राउ परेका गहतराजमाथि लागूऔषध नियन्त्र) ऐन २०३३ बमोजिम अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर