सुन्दरी चोकमा यो बर्ष पनि येले मेला लाग्ने - Sainokhabar
  • आइतबार, माघ ११, २०७७

सुन्दरी चोकमा यो बर्ष पनि येले मेला लाग्ने

सरोज निरौला
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ३ सुन्दरी चोकमा लाग्दै आएको येले मेला यो बर्ष पनी लाग्ने भएको छ । मुन्धुमिहरुको येले संवतको उपलक्ष्यमा सदियौँकाल देखि लाग्दै आएको ३ दिने मेला यहि माघ १४,१५ र १६ गते लाग्ने भएको मेला आयोजक समितिका संरक्षक सदस्य राज पयांङगुले जानकारी दिए ।

कोरोनाको कारण बन्द भएको मेला महामारी कम हुँदै गएपछि विस्तारै सुचारु हुन थालेको र नगरपालीकाबाट पनि सञ्चालनको अनुमती प्राप्त भएकाले मेला आयोजना गर्न लागीएको हो । यस्तै मेला व्यवस्थापनको लागी विक्रम साँवाको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति समेत गठन गरीएको छ । जसको उपाध्यक्षमा पुजा राई, कोषाध्यक्षमा प्रेम साँवा, सचिवमा अजय लिम्बु र सदस्यमा रिजन चेम्जोङ, प्रविन गहतराज र कृष्ण धिमाल लगायत रहेका छन् । मेलामा विभिन्न जातजातीका परीकार विभिन्न प्रकारका स्टलहरु र मनोरञ्जनका सामाग्री राखिने छ ।

तिन दिन लाग्ने मेलामा कोरोनाबाट बच्नका लागी सम्पुर्ण सावधानिका प्रक्रिया अवलम्बन गरीने भएकाले आगन्तुकहरुलाई मेलामा ढुक्क भएर आउन आयोजक समितिले अनुरोध गरेको छ ।

सम्बन्धित खवर