माघीपर्वका अवसरमा मुख्यमन्त्री त्रिलोचन भट्टद्वारा शुभकामना - Sainokhabar
  • मङ्गलबार, साउन १२, २०७८

माघीपर्वका अवसरमा मुख्यमन्त्री त्रिलोचन भट्टद्वारा शुभकामना

रासस / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले माघी (माघे सङ्क्रान्ति) पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका प्रदेशवासीको सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना गर्नुभएको छ ।

उहाँले आज शुभकामना सन्देश जारी गर्दै सरकारले तोकेको स्वास्थ्य मापदण्ड अपनाई माघी मनाउन अनुरोध गर्नुभएको छ । उहाँले प्रदेशवासीमा सामाजिक एवं सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्ने कामनासमेत गर्नुभएको छ । माघीपर्व थारू समुदायको महत्वपूर्ण पर्वका रूपमा रहेको छ ।

सम्बन्धित खवर