ईश्वर पोखरेलसहित तीन मन्त्रीलाई कालो झण्डा देखाइयो - Sainokhabar
  • सोमबार, साउन ११, २०७८

ईश्वर पोखरेलसहित तीन मन्त्रीलाई कालो झण्डा देखाइयो

साइनो समाचारदाता
काठमाडौं । सर्लाहीमा उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन जना मन्त्रीलाई कालो झण्डा देखाइएको छ । मंगलबार दिउँसो मंगलवामा आयोजित सभामा जाने क्रममा नवलपुरमा प्रचण्ड–माधव नेपाल समूहका विद्यार्थी नेताहरुले कालो झण्डा देखाएका हुन् ।

पोखरेलसहित कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ र सहरी विकास मन्त्री प्रभु साहलाई कालो झण्डा देखाइएको अखिलकी नेतृ आरती लामाले बताइन् । ‘संसद् विघटन गर्ने सरकारका प्रधानमन्त्री र मन्त्रीहरुलाई सबैतिर कालो झण्डा देखाउने कार्यक्रम छ’, लामाले भनिन् । यसअघि जाजरकोटमा खानेपानी मन्त्री मणि थापालाई कालो झण्डा देखाइएको थियो ।

सम्बन्धित खवर