विप्लव समूहका ब्यूरो इन्चार्ज पक्राउ - Sainokhabar
  • बिहिबार, माघ ०८, २०७७

विप्लव समूहका ब्यूरो इन्चार्ज पक्राउ

साइनो समाचारदाता
काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ समूहको दलित मुक्ति मोर्चाका उपत्यका ब्युरो इन्चार्ज पक्राउ परेका छन् । विप्लव समूहका वृखबहादुर बोहरा उर्फ रेशमलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालयले जानकारी दिएका छन् ।

बोहरा भक्तपुर जिल्लाको आर्थिक विभागका प्रमुख हुन् । भक्तपुरमा उनले चन्दा आतंक मच्चाएको सुराकको आधारमा प्रहरीले उनलाई खोजेको थियो । काठमाडौंको भंगालबाट पक्रेर उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

रातोपाटी

सम्बन्धित खवर