आफ्नै भाइको हत्या गरेको आरोपमा एकजना पक्राउ - Sainokhabar
  • मङ्गलबार, माघ १३, २०७७

आफ्नै भाइको हत्या गरेको आरोपमा एकजना पक्राउ

साइनो समाचारदाता
काठमाडौं । लाठी प्रहार गरी आफ्नै भाइको हत्या गरेको आरोपमा बाँकेमा एकजना ब्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नरैनापुर गाउँपालिका ४ नरैनापुर बस्ने ३० वर्षीय इसाइल खाँ रहेका छन् ।

प्रहरीका अनुसार इसाइलले आफ्नै भाइ १७ वर्षीय रहिस खाँलाई टाउकोमा लाठी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । सोही ठाउँस्थित बारीसी बाबा सामुदायिक वनमा गएको अवस्थामा इसाइलले रहिसको टाउकोमा लाठी प्रहार गरेका थिए । इलाका प्रहरी कार्यालय नैनापुर र इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले इसाइललाई सोमबार राति नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खवर