प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले छिटो फैसला दिनुपर्छ : निधि - Sainokhabar
  • सोमबार, माघ ०५, २०७७

प्रतिनिधिसभा विघटनबारे सर्वोच्च अदालतले छिटो फैसला दिनुपर्छ : निधि

साइनो समाचारदाता
जनकपुरधाम । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनाको सम्बन्धमा छिटो फैसला दिनुपर्ने नेपाली कांग्रेसका उपसभापति बिमलेन्द्र निधिले बताएका छन् । मंगलबार जनकपुरधाममा नेपाल प्रेस युनियन धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै निधिले सर्वोच्चबाट संसद पुनर्स्थापना या निर्वाचनको जुनसुकै निर्णय आए पनि मान्न तयार रहेको बताए ।

प्रतिनिधिसभा विघटन असंवैधानिक भएको दाबीसहित सर्वोच्चमा एक दर्जन बढी रिट परेका छन् । ती रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै आएको छ । प्रतिनिधिसभा बिघटन असंवैधानिक र चुनाव घोषणा संवैधानिक भएको बताउँदै नेता निधिले भने, ‘चुनावमा जानुपरे कांग्रेस संघीयता, गणतन्त्रको सम्बद्र्धन र जनताको दुःखको मुद्दालाई लिएर जाने जान्छ ।’

 

सम्बन्धित खवर