पृथ्वीनारायण शाहलाई सम्झदै नागरिक समाज - Sainokhabar
  • सोमबार, बैशाख ०६, २०७८

पृथ्वीनारायण शाहलाई सम्झदै नागरिक समाज

साइनो समाचारदाता
पथरी । मोरङको कानेपोखरी ३ मा नागरिक समाजले २९९ औं पृथ्वी जयन्ती तथा एकता दिवसका अवसरमा विशेष कार्यक्रम गरेको छ । नागरिक समाज मोरङ क्षेत्र नं. २ ले दिवसका अवसरमा धार्मिक तथा साँस्कृतिक कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा पृथ्वीनारायण शाहले नेपाल एकिकरणमा पुर्याएको योगदानको प्रशंसा गर्दै राजा र हिन्दु धर्मको व्यख्या गरिएको थियो ।
कार्यक्रमका पुर्व परराष्ट्र सचिव गोपालबहादुर थापाले भारत चीन जस्ता देशले राष्ट्र निर्माताको विषयमा पाठ्यक्रम तयार गरेपनि नेपालले उनको योगदानको कदर गर्न नसकेको बताए । नागरिक समाज मोरङका संयोजक सुबासचन्द्र निरौलाले देश संकटमा परेको समयमा राजाहरुले बचाएको भन्दै देश जोगाउन सबै एक ठाँउमा आउनुपर्ने बताए ।

कार्यक्रममा विभिन्न जातिय झाँकी भजनकीर्तन समेत प्रस्तुत गरिएको थियो । जातिय झाकी र भजन कृतन समुहलाई नागरिक समाजले सम्मान समेत गरेको छ ।।

सम्बन्धित खवर