पथरीशनिश्चरेमा ११ करोडको लागतमा प्लाई उद्योग खुल्ने - Sainokhabar
  • सोमबार, चैत ३०, २०७७

पथरीशनिश्चरेमा ११ करोडको लागतमा प्लाई उद्योग खुल्ने

साइनो समाचारदाता
पथरी । मोरङको पथरीशनिश्चरेमा करिब ११ करोडको लागतमा प्लाई उद्योग खुल्ने भएको छ । डोर कन्सेप्ट नेपाल कम्पनिको नाममा दर्ता भएको कम्पनिका ७ जना पथरीशनिश्चरे र काठमाडौँका व्यवसायीहरुको संयुक्त लगानीमा उक्त उद्योग खुल्ने भएको हो ।

पथरीशनिश्चरे वडा नं ९ मा उक्त उद्योगको शिलान्यास गरिएको छ । नगरउपप्रमुख यमुना विष्ट (बास्तोला) ले सोमबार उद्योगको शिलान्यास गर्नुभएको हो । शिलान्यासपछि बोल्दै उपप्रमुख विष्टले नगरमा यति ठुलो उद्योग खोलेर स्थानियहरुलाई नै रोजगार दिने अभियान समेत चालेकोमा सञ्चालक टिमलाई बधाईका साथ धन्यबाद दिनुभएको थियो । स्थानियस्तरमा उद्योग तथा व्यवसाय खोली स्थानियले नै रोजगारीको लाभ लिन सक्ने हुँदा त्यस्ता उद्योगीहरुलाई करमा समेत केही रकम छुट पर्ने बताउनुभयो ।

२ विघाहा जमिनमा सञ्चालन हुन लागेको उक्त उद्योगमा स्थानिय करिब ५०० जनाले रोजगार पाउने कम्पनिका अध्यक्ष नरेष घतानीले जानकारी दिनुभयो । सञ्चालक टोलीका सदस्य भुवन थापाका अनुसार भेनीयर प्लाई र डिजिटल ढोका सो कम्पनीबाट उत्पादन हुनेछ । असार सम्ममा उद्योग निर्माण कांर्य सम्पन्न गरि निर्माण कार्य थाल्ने समेत उहाँले जानकारी दिनुभयो । बजार भन्दा बाहिर गाउँ क्षेत्रमा उद्योग सञ्चालन हुँदा गाउँलाई समेत फाइदा पुग्ने भन्दै स्थानियहरु समेत हर्षित बनेका थिए ।

सम्बन्धित खवर