रासस / पृथ्वीजयन्तीका अवसरमा आज भएको खुला दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका राम्जी बस्नेतले हात पार्नुभएको छ । गोरखा नगरपालिकाको आयोजना र गोरखा युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा नेपाली सेनाको रणसिंह दल गणमा कार्यरत बस्नेतले निर्धारित दूरी २३ मिनेट २५ सेकेन्डमा पूरा गर्दै पहिलो हुन सफल हुनुभएको हो ।

प्रतियोगिताअन्तर्गत भएको महिला खुला दौड भने गोरखा नगरपालिका सिमलगैरीकी पवित्रा बयलकोटीले जित्नुभएको छ । उहाँले ३२ मिनेट आठ सेकेण्डमा पूरा गर्दै प्रथम हुनुभएको हो । महिलातर्फको खुला दौड प्रतियोगितमा नेपाली सेनाकी सिर्जना पौडेलले ३२ मिनेट १९ सेकेण्डमा पूरा गर्दै दोस्रो, रिना श्रेष्ठले ३३ मिनेट ४० सेकेण्डमा दूरी पार गर्दै तेस्रो तथा सङ्गीता रानाभाटले ३४ मिनेट ४६ सेकेन्डमा दूरी पार गर्दै चौंथो स्थान हात पार्न सफल हुनुभएको उहाँले बताउुभयो ।