माघ ३ देखि प्रथम मंगलबारे–शुक्रबारे नकआउट फुटबल प्रतियोगिता हुने - Sainokhabar
  • सोमबार, साउन ११, २०७८

माघ ३ देखि प्रथम मंगलबारे–शुक्रबारे नकआउट फुटबल प्रतियोगिता हुने

साइनो समाचारदाता
पथरी । मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ मा प्रथम मंगलबारे–शुक्रबारे नकआउट फुटबल प्रतियोगिता २०७७ हुने भएको छ । मंगलबारे–शुक्रबारे क्लबले माघ ३ देखि १० गते सम्म खुला नकआउट फुटबल प्रतियोगिता हुने आयोजक समितिले जानकारी दिएको छ । प्रतियोगितामा झापा, मोरङ र सुनसरीका ८ टिमले प्रतिस्पर्धा गर्ने क्लबका अध्यक्ष कमल लावतीले बताउनु भयो ।

खेलकुदको माध्यमबाट स्थानिय खेलाडी र गाँउको पहिचान गराउने उद्धेश्यका साथ पथरी शनिश्चरे ८ का बैदेशिक रोजगारमा गएका युवाहरूको आर्थिक सहयोगमा प्रतियोगिता हुने क्लवका सचिव अनील लिम्बूले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद ५१ हजार र उप विजेताले २५ हजार नगद सहित ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने क्लबले पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको हो । पथरी शनिश्चरे नगरपालिका वार्ड नं. ८ को सहयोगमा हुने प्रतियोगिता स्थानीय समाल डाँडा खेलमैदानमा हुने छ । प्रतियोगिताका लागि वार्ड नं. ८ का जनप्रतिनिधीहरुले दोस्रो पुरस्कार सौजन्य गरेको छ । प्रतियोगिता आयोजना गर्न साढे ३ लाख खर्च हुने अनुमान गरिएको छ ।

सम्बन्धित खवर