मोटरसाइकल दुर्घटनाबाट मृत्यु - Sainokhabar
  • बुधबार, कार्तिक १०, २०७८

मोटरसाइकल दुर्घटनाबाट मृत्यु

रासस / मोटरसाइकल दुर्घटनामा परी दक्षिणी रसुवामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा नौकुण्ड गाउँपालिका–३ निवासी २६ वर्षीय सोनाम वाइवा रहेका छन् ।

लारच्याङबाट पारच्याङ तर्फ जाने क्रममा बा.४४ प ७६५६ नं को मोटरसाइकल शनिबार अपरान्ह दुर्घटना भई घाइते भएका वाइवालाई उपचारार्थ अस्पताल लाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर