ओलीको कार्यक्रममा कोही आउन नमानेपछि कार्यकर्ता लिन गएका बसहरु रित्तै फर्किए - Sainokhabar
  • सोमबार, माघ ०५, २०७७

ओलीको कार्यक्रममा कोही आउन नमानेपछि कार्यकर्ता लिन गएका बसहरु रित्तै फर्किए

धनगढी । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने धनगढीको सभाका लागि नेता तथा कार्यकर्ता लिन ग्रामिण क्षेत्रमा पुगेका बसहरु रित्तै धनगढी फिर्ता भएका छन् ।

संघीय संसदको प्रतिनिधिसभा विघटन गरेपछि विभाजि नेकपामा आफ्नो छुट्टै धारको नेतृत्व गरिरहेका ओली सभालाई सम्बोधन गर्न धनगढी पुगिसकेका छन् । ओली सहभागी हुने कार्यक्रमका लागि नेता, कार्यकर्ता तथा सर्वसाधारण ल्याउन भनेर कैलालीको हसुलिएका गएका बसहरु भने रित्तै फर्किएका छन् ।

धनगढीको सभामा सहभागी हुन कोही पनि नआएपछि हसुलिया गएका ४ वटा बसहरु रित्तै धनगढी फर्किएका हुन् । धनगढीको खुलामञ्चमा आयोजित कार्यक्रममा ५० हजार बढी जनताको सहभागीता हुने नेकपा (ओली समूह)का नेताहरुको दाबी छ ।

दैनिकअनलाइनबाट

सम्बन्धित खवर