मालपोतका नायब सुब्बा र लेखापढी व्यवसायी घुससहित पक्राउ - Sainokhabar
  • बुधबार, कार्तिक १०, २०७८

मालपोतका नायब सुब्बा र लेखापढी व्यवसायी घुससहित पक्राउ

साइनो समाचारदाता
जनकपुरधाम । सर्लाहीको हरिवन नगरपालिकास्थित मालपोत कार्यालयका नायब सुब्बा बेधनिधि बराल र लेखापढी व्यवसायी रामसुन्दर महतोलाई घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।

उनीहरु दुवैजनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको कार्यालयबाट गएको टोलीले रंगेहात बिहीबार नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ । लालपूर्जामा नाम सच्याउने नाममा एकजना सेवाग्राहीसँग रु ११ हजार घुस लिँदै गर्दा दुवै जनालाई पक्राउ गरिएको अख्तियारले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बर्दिवासस्थित अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर