लालिगुराँस नगरपालिकाको चोलुङ्ग पार्कमा ख्याली कार्यक्रम समापन - Sainokhabar
  • बुधबार, असोज ०६, २०७८

लालिगुराँस नगरपालिकाको चोलुङ्ग पार्कमा ख्याली कार्यक्रम समापन

साइनो समाचारदाता
तेह्रथुम । लोपोन्मुख मौलिक कला संस्कृती संरक्षण गर्ने उदेश्यका साथ सञ्चालन गरिएको ख्याली प्रतियोगिता बिभीन्न कार्यक्रमका बिच सम्पन्न भएको छ । तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिका स्थीत चोलुङ पार्कमा भब्य कार्यक्रमका सपन्न भएको हो ।

विश्वब्यापी रुपमा अनलाईन मार्फत सञ्चालन गरीएको प्रतियोगितामा कुमार बि.क. र आर्या तेयुङको टोलीले प्रथम भएका छन । प्रथम भए सँगै नगद ३० हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन । त्यस्तै ५ बर्षका मिराक लिम्बु दोश्रो भएका छन । लिम्बुले नगद २० हजार र प्रमाणपत्र हात पारेका छन । त्यस्तै प्रतियोगितामा एबि मुरिङला र अनुपा सावादेनको टोली तेश्रो भएका छन । तेश्रो हुनेले नगद १० हजार सहित प्रमाणपत्र पाएका छन भने मोहन सिंह माबोहाङ र सुमिना सेनेहाङ टोली तथा नियाराफुङ मादेन सान्त्वना भएका छन । सान्त्वना हुनेले नगद ५ हजार र प्रमाणपत्र प्राप्त गरेका छन ।

त्यस्तै भावना नेम्बाङ, योगिता चोङबाङ, माङहाङमा याक्थुङमा पृथ्बीमाया र धनप्रसाद खेवा तथा निङवाहाङमा ताम्लिङ टप १० मा पर्न सफल भएका छन । टप दशमा पर्न सफललाई प्रमाणपत्र प्रदान गरीएको अन्तर्राष्ट्रिय अनलाईन ख्याली प्रतियोगिताका संयोजक टीआर सेनेहाङले बताए । प्रथम, दोश्रो, तेश्रो, सान्त्वना र टप दशमा पर्न सफलहरुलाई पुर्ब राज्यमन्त्री सिता गुरुङ, लालिगुराँस नगरपालिकाका नगर प्रमुख अर्जनु माबोहाङले पुरस्कार प्रदान गरेका थिए । त्यस्तै प्रतियोगिता सञ्चालनमा सहयोग गर्ने बिभीन्न ब्याक्तीहरु,लालिगुराँस नगरपालिका र नगर लिम्बु समाज बसन्तपुर र प्रतियोगिताका निर्णायकहरुलाई सम्मान पत्र प्रदान गरीएको थियो ।

लिम्बु जातीहरुको मौलिक धाननाच तथा च्याब्रुङहरुको बेजोड प्रस्तुतीका साथ प्रतियोगिताको समापन गरीएको थियो । प्रतियोगिता सिसेक्वा तङनाम अर्थात साउने संग्रान्ती देखी सुरु भई कक्फेवा तङनामको अबसरमा समापन गरीएको थियो । नेपाल, भारत लगायत बिभीन्न देशहरुबाट ८१ जनाको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर