मेची सहकारीको ५ औं शाखा पथरीमा - Sainokhabar
  • बिहिबार, असोज ०७, २०७८

मेची सहकारीको ५ औं शाखा पथरीमा

साइनो समाचारदाता
पथरी । झापाको दमकमा केन्द्रिय कार्यालय रहेर सफल कारोवार गर्न सफल मेची सहकारी संस्थाले आफ्नो ५ औं शाखा पथरीशनिश्चरेमा खोल्ने भएको छ । झापाको पाडाजुँगी, मोरङको उर्लाबारी र मिक्लाजुङमा सेवाकेन्द्र सञ्चालन गरीसकेको सहकारीले आफ्नो ५ औँ सेवाकेन्द्र पथरीबजारमा माघ १ गतेबाट सुरु गर्ने मेची सहकारीका अध्यक्ष नारायण भट्टराईले बताउनुभयो ।

१ करोडसम्म लगानी गर्ने मेची सहकारीले पथरीका साकोस संग भन्दा पनि विकास बैंकहरुसंग प्रतिष्पर्धा गर्ने भट्टराईले बताउनुभयो । सहकारीले शेयर सदस्यको घरमा नयाँ सदस्यहरुको आगमन देखि लिएर हरेक रोग लागेका शेयरसदस्यहरुमा ५ हजार देखि ५० हजार सम्म सहयोग गर्दै सेवा सुचारु गरेको छ ।

२ सय २५ करोड माथि ब्यालेन्स सिट रहेको साकोसमा ९ हजार बढि शेयर सदस्य रहेको साकोसका व्यवस्थापक खोम प्रसाद वगालेले बताउनुभयो । २०५४ सालमा स्थापना भएको मेची सहकारीले शेयर सदस्यको पूर्ण हितमा काम गर्ने गरेको बगालेले बताउनुभयो । पैसा किन्ने र बेच्ने मात्रै नभएर सदस्यहरुको प्रत्यक्ष जीवनस्तर उकास्ने काम गर्ने वगालेले बताउनुभयो ।

१ व्याक्ति १ सहकारीको अवधारणा सरकाले अगाडी बढाइरहेको छ । पथरीमा रहेका थुप्रै सहकारीका बिचमा बहुउद्देश्य प्रकृतिको मेचीले स्वस्थ प्रतिस्पर्धा गर्ने साकोसका शिक्षा उपसमिति सदस्य रुद्र बहादुर तामाङले बताउनुभयो । यसअघि मेचीले पथरीका सहकारी, जनप्रतिनिधि, उद्योग वाणिज्य संघ लगायतका प्रतिनिधिहरुसंग छलफल गरिसकेको छ ।

सहकारीले आफ्ना शेयर सदस्यको मृत्यू भएमा १ लाख ५० हजार सम्मको ऋण मिनाहा, उपचार खर्च ५ हजार, डेलिभरी उपचार खर्च ५ हजार, आँखा उपचार खर्चमा ५ हजारका साथै प्रत्येक दिन ब्याज प्रदान गर्ने लगायतका सुविधा दिने छ । पथरी शाखा कार्यालय सञ्चालनका लागि पथरीशनिश्चरे नगर भित्रका२ जना कर्मचारी खोजीरहेको छ । कर्मचारीको न्युनतम तलब २० हजार रहेको छ ।
सहकारीले यहि बर्ष ५२ शेयर सदस्यलाई एकै प्रकृतीका घर हस्तान्तरण गर्दै छ ।

जनताका सेवा र सुबिधाका लागि शाखा बिस्तार गरेकाले सहकारी हैन बिकास बैक संग प्रतिसपर्दा गर्ने अध्यक्ष भट्टराईको दाबि छ ।
सहकारीले एक सदस्यलाई ब्यवसायका आधारमा अधिकतम १ करोड सम्म त्रृmण लगानि गर्नेछ । न्यूननतम १० कित्ता शेयर तथा विमा, पर्व भत्ता लगायतका लागि ५ हजार २५ रुपैयाँ बुझाउनुपर्ने हुन्छ, जसमा २ हजार विमाका लागि रहेको छ । सहकारीले ७० बर्ष नाघेका शेयर सदस्यलाई बर्षै पिच्छे पर्व भत्ता बितरण गर्नेछ ।

सम्बन्धित खवर