मिस युनिभर्स नेपाल २०२० को उपाधि २४ वर्षिया अनिष्कालाई - Sainokhabar
  • सोमबार, माघ ०५, २०७७

मिस युनिभर्स नेपाल २०२० को उपाधि २४ वर्षिया अनिष्कालाई

साइनो समाचारदाता । मिस युनिभर्स नेपाल २०२० को उपाधि २४ वर्षिया अनिष्का शर्माले जितेकी छिन् । बुधबार राजधानीमा आयोजित फाइनलमा अष्ट्रेलिया निवासी शर्माले सहभागी १७ प्रतिश्पर्धिलाई पछि पार्दै उपाधि हात पारेकी हुन् । उनलाई पूर्व मिस युनिभर्स नेपाल नग्मा श्रेष्ठले ताज लगाइदिइन् ।

जितसँगै अनिष्काले १० लाख नगद र मिस युनिभर्सको अन्तराष्ट्रिय प्रतिस्पर्धामा भाग लिने मौका पाउनेछिन् । शर्माले मिस फियर्सको सब–टाइटल पनि जितिन् । मिस नेपाल अमेरिका सुजिता बस्नेतले फस्ट–रनरअपको उपाधि जितिन् । नीनाकान्त मण्डलले सेकेन्ड रनरअपको उपाधि जितिन्। न्यान्सी खड्का फोर्थ रनरअप भइन् ।

सम्बन्धित खवर