‘सरप्राइज’ मा देखिए मुकेश - Sainokhabar
  • शनिबार, बैशाख ०४, २०७८

‘सरप्राइज’ मा देखिए मुकेश

साइनो समाचारदाता
काठमाडौं । पछिल्लो समय अमेरिका रहेको अभिनेता मुकेश ढकाल फिल्म ‘सरप्राइज’ मा देखिने भएका छन् । धनेन्द्र रसाइलीले निर्देशन गरेको चलचित्र ‘सरप्राइज’ मा उनको अभिनय देख्न सकिने सामाजिक सञ्जालमार्फत मुकेशले जानकारी दिएका छन् । चलचित्रमा उनका साथौ लाउरा घिमिरे, आशिष दयाली, धनेन्द्र रसाइली, मिलन खवास, विवेक घिमिरे लगायतको अभिनय रहेको छ ।

प्रेमकथामा बन्न लागेको फिल्ममा पुष्प गजमेरको संगीत, राजेन्द्र विस्टको छायांकन र कामी कान्छाको कथा, संवाद तथा पटकथा रहेको छ । गत २३ डिसेम्बरबाट छायाँकन सुरु भएको फिल्मका निर्देशक धनेन्द्र रसाइली हुन् । करिब दर्जन बढी फिल्म अभिनय गरेका मुकेश लामो समयपछि अभिनयमा फर्किएका हुन्

सम्बन्धित खवर